करिश्माको कथाः सयभन्दा धेरै चलचित्रकी सफल अभिनेत्री अब व्यवसायमा सफलता खोज्दै

Advertisement

काठमाडौं । सयभन्दा धेरै चलचित्रकी सफल अभिनेत्री करिश्मा मानन्धरलाई धेरैले महानायिकाको रुपमा समेत चित्रण गर्छन् । उमेर ढल्किँदै गए पनि आफ्नो चमक कायम गर्न सफल उनी सदाबहार सुन्दरी नै हुन् । जीवनको उत्तरार्दमा करिश्मा व्यवसायतर्फ ढल्किएकी छन् । उनले १० करोड रूपियाँ खर्चेर इन्टेक्स ब्राण्डका होम एप्लाएन्स तथा विद्युतीय सामग्रीको व्यापार सुरू गरेकी छिन् । केही वर्षभित्रै आफ्नो लगानी २५ करोडको हाराहारीमा पुयार्उने करिश्माको लक्ष्य छ । 

सदावहार नायिकाको उपाधी पाएकी करिश्मालाई कुनै कुरा सदाबहार नभए पनि आफूले पाएको उपाधी भने प्यारो लाग्छ । जीवनमा केही न केही काम गर्नुपर्छ, राज्य र समाजका लागि योगदान गर्नुपर्छ भन्ने विचारका कारण अहिले उनको व्यवसायिक जीवन सुरु भएको छ । जीवनमा धेरै आरोहअवरोह झेलेकी करिश्माले रिसिक ट्रेडिङ कन्सर्न प्रालि नामक कम्पनीमार्फत घरायसी तथा विद्युतीय सामग्रीको कारोबार सुरु गरेकी हुन् । कम्पनीको मुख्य कार्यालय राजधानी काठमाडौंको सानो भर्याङ्गमा रहेको छ भने उनी कम्पनीको प्रवन्ध निर्देशकको रुपमा रहेकी छन् । 

Advertisement

संगतको फल
करिश्माले फिल्मी दुनियाबाट व्यवसायमा आउने सोचेकी थिइनन् । उनी आफू व्यवसायमा जोडिनुको पछाडी संगतको फल भएको बताउँछिन् । यद्यपि विगतमा फिल्मी क्षेत्र पनि लाग्छु र नायिका बन्छु भन्ने उनले सोचेकी थिइनन् । संयोगले नायिका बनेकी करिश्मा सफल नायिका बन्न सकिन् । सोही सफलताले व्यवसायमा पनि आफूलाई सफलता दिलाउने उनको विश्वास छ । 

डिलर विस्तार जारी
करिश्माकाअनुसार रिसिक ट्रेडिङ कन्सर्न इन्टेक्स ब्राण्डका उत्पादनहरुको आधिकारिक बिक्रेता हो जसले आफ्ना सामानहरु बिक्री गर्न देशभर सयभन्दा धेरै डिलरहरु तयार गरिसकेको छ । यो संख्यालाई बढाएर पाँच सय पुर्याउने लक्ष्य छ । अहिले करिश्माको कम्पनीले  छिमेकी राष्ट्र भारतबाट सामान ल्याइरहेको छ । आगामी दिनमा भारतबाट ८० प्रतिशत र अन्य मुलुकबाट २० प्रतिशत सामान ल्याएर बिक्री गर्ने योजना छ । 

करिश्माले सहकर्मीहरुसँगको आठ महिना लामो छलफलपछि  व्यवसाय सुरू गरेकी हुन् । तर यसैबीच कोरोना महामारी बाधक बनेर आयो । यद्यपि उनले कोरोनालाई चुनौतीभन्दा अवसर मान्दै आफ्नो योजना अघि बढाइन् । 

गुणस्तर नै बल
इन्टेक्सका सामानहरु गुणस्तरीय र भरपर्दो भएकाले केही वर्षपछि पनि बिक्री गर्न मिल्ने किसिमका छन् । कम्पनीले सुरूको चरणमा पंखा र कुलरबाट व्यवसाय अघि बढाएकोमा क्रमसः ग्यास चुल्हो, एलईडी टिभी, फ्रिज जस्ता सामानहरु पनि थप गरेको छ । थपिएका प्रोडक्टले आफूहरुलाई डिलर बिस्तार गर्न सहजता मिलेको करिश्माको अनुभव छ । 

इन्टेक्सका सामान बिक्री गर्दा आफूहरूले गुणस्तरमा ध्यान दिने करिश्माको भनाई छ । गुणस्तर र भरपर्दो उत्पादन भएकाले सोही विशषता नै आफूहरुको बल हो भन्दै उनले उपभोक्तामाझ इन्टेक्सका सामान पहिलो रोजाईमा पर्ने विश्वास व्यक्ति गरिन् । 

अहिले कम्पनीले ग्यासको २१५ देखि १८० लिटरका फ्रिज, २४ तथा ५५ इन्चका टिभी, किचेनका लागि २०–२५ थरीका प्रोडक्ट गरेर सय थरीका प्रोडक्ट बेच्दैछ । सामान बिक्रीका लागि डिजिटल माध्यमका साथै क्याटलग पनि तयार गरी मार्केटिङ गर्ने काम भइरहेको छ । कोरोना महामारीपछि थप व्यवसायीक रणनीति अपनाइने करिश्मा बताउँछिन् । 

अहिले डिलरबाट आएको अर्डरअनुसार सामानको बिक्री भइरहेको छ । सस्तोमा पंखादेखि महङ्गोमा फ्रिज र एलइडी टिभीको बिक्री वितरण भइरहेको छ । नेपालमा भइरहेको इन्टेक्स ब्राण्डका सामानलाई भारतबाट मोनिटरिङ भइरहेको छ । वारेन्टी कार्डमा रहेको टोल फ्रि नम्बरमार्फत ग्राहकले बिक्रीपछिको सेवा लिन पाउँछन् । 

चुनौती
करिश्माको व्यवसाय सुरुवाती चरणमा छ । सुरुवाती दिन भएकाले लय समात्न मेहनत गर्नैपर्छ । त्यसमाथि बजारमा प्रतिस्पर्धीहरु थुप्रै रहेकाले आम उपभोक्तामा विश्वास दिलाएर अघि बढ्न केही चुनौति हुनु स्वाभाविक हो  । यद्यपि यस्ता चुनौतिलाई सजिलै सामना गर्न सकिने उनको आत्मविश्वास छ । अहिलेलाई धेरै समस्या नभए पनि भोलिका दिनमा आउनसक्ने थप चुनौति सामना गर्न रणनीति बनाइएको करिश्माको भनाई छ । 

कर छुटले राहत
आफूहरूले बिक्रीका लागि किनेका सामान पर्याप्त भए पनि भोलिका दिनमा माग बढ्दै जाँदा स्टकका लागि लगानी थप गर्नुपर्ने हुन्छ । त्यसका लागि आफूहरु तयार रहेको करिश्मा बताउँछिन् । सरकारले इलेक्ट्रिक सामानको आयातमा केही कर छुट दिएको कारण आफूहरूलाई राहत भएको उनले सुनाइन् । 

ग्रामीण क्षेत्र पनि फोकसमा
विद्युतीकरण र आधुनिकीकरणका कारण ग्रामीण भेगमा पनि घरायसी तथा विद्युतीय सामग्रीहरुको माग बढ्दै गएको छ । सरकारले विद्युत महशुलमा पनि कमी गर्न थालेकाले यस्ता सामानहरुको माग भोलिका दिनमा झन बढ्ने देखिन्छ । ग्रामीण क्षेत्रमा यस्ता सामानको धेरै बिक्री भइसकेको र बिक्री गर्ने कम्पनी पनि धेरै हुने भएकाले ग्रामीण क्षेत्रमा माग बढ्ने देखिन्छ । ग्रामीण क्षेत्रमा मिक्सचर, गिजर जस्ता सामान राख्ने भएकाले आफूहरुको फोकस सो क्षेत्रमा पनि हुने करिश्माले बताइन् । 

स्किम
रिसिक ट्रेडिङ कन्सर्नले अहिले बजारमा अन्य कम्पनीले ल्याएकाभन्दा केही फरक स्किम ल्याएको छ । कम्पनीले इन्टेक्सका सामान किन्दा दुवईसम्म घुम्न पाइने अफर सञ्चालन गरेको छ । ग्राहकले पूरानो र विश्वासिलो ब्राण्डलाई नै छान्ने भएकाले आफूहरूलाई नै रोज्ने करिश्माको विश्वास छ । इन्टेक्स ब्राण्डका सामान भारतमा बिक्री हुन थालेको २५ वर्ष भईसकेको छ भने नेपालमा भित्रिएको एक दशक भइसकेको छ । 

ग्राहकले किनेको सामानमा सुरूमै समस्या आएमा कम्पनीले फिर्ता लिने भएकाले पनि उपभोक्ताको विश्वास यसप्रति बढेको छ । साथै केही समय चलाएपछि बिग्रिएमा कम्पनीले मर्मतका लागि सघाउँछ । तर ग्राहकको आफ्नै गल्तीले सामान बिग्रिएमा भने कम्पनीले जिम्मा लिँदैन् । 

अस्पतालमा पनि लगानी
करिश्माले ग्लोबल इन्टरनेशनल हस्पिटलमा पनि लगानी गरेकी छन् । उक्त अस्पतालमा २४ बेड छ भने २४ घण्टे सेवा पनि उपलब्ध छ । बाँडेगाउँ ललितपूरमा रहेको यो अस्पताल करिब दुई वर्षअघि सञ्चालनमा आएको हो । आकस्मिक सेवा, जनरल वार्ड लगायतका अन्य अस्पतालमा जस्तै सबै किसिमका सेवाहरू रहेको ग्लोबल हस्पिटलमा माइनर सर्जरी, ईसीजी, इको लगायतका सेवा उपलब्ध छन् । 

अन्तिममा
करिश्माले घरमा रहने सामानमा आफ्नो रूची बढेकोले घरायसी तथा विद्युतीय सामग्रीको व्यापार सुरु गरेकी हुन् । यो व्यवसाय दिर्घकालिन हुने उनको विश्वास छ । ग्राहकले आफ्नो विश्वासको आधारमा ब्राण्ड छान्ने र त्यो विश्वास इन्टेक्सले जित्दै गएको करिश्माको भनाई छ । 

नेपालमा चलेका अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्दै ग्राहकको रोजाईअनुसारको सामग्री आफूहरूले ल्याउने उनले बताइन् । करिश्माले चलचित्रमा जस्तै व्यवसायमा पनि आफूलाई ग्राहकले माया गर्ने बताइन् । उनी भन्छिन्, ‘फिल्ममा धेरै रमाउने अवसर पाइन्छ । तर व्यवसायमा भने आर्थिक लाभको लागि काम गर्न सकिन्छ । यसको पनि छुट्टै रमाइलो छ । महत्व छ । देश र समाजका लागि केही योगदान भइरहेको हुन्छ ।’ करिश्माले आफूलाई आवश्यक भएको इन्टेक्सको सामग्री खरिद गरेर लाभ उठाउन ग्राहकलाई आग्रह पनि गरिन् ।

Advertisement

Advertisement