भायानेटको सेवा अब जनकपुर र बर्दिवासमा पनि

काठमाडौँ । उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालि.ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ । यो सेवा विस्तारसँगैं कम्पनी अब देशका २४  शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ । 

भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वित हुन सक्नेछन् र कम लागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्ने छन् । 

यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायानेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भनें सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी पनि हो । 

भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।