गुण एयरलाइन्सको सिमरामा नियमित उडान सुरु, सुर्खेत र भद्रपुरमा पनि उडान विस्तार गर्ने

Advertisement

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सोमबारदेखि सिमरामा नियमित हवाई उडान सुरु गरेको छ । यो वायुसेवाले आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती  पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान गर्ने क्रममा  यस अघि भरतपुर, पोखरा , तुम्लिङटार, भैरहवा, नेपालगन्ज र विराटनगरमा नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुर को लागि केही समयमै उडान भर्नेगरि तयारी भइरहेको छ। यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन यो वायुसेवा सधै प्रतिवद्ध रहेको पनि थापाले बताए ।

Advertisement

यो वायुसेवाले गुणस्तरीय हवाई सेवा दिन आवश्यकता अनुसार उडानहरु थप गर्दै  आन्तरिक हवाइ बजारमा आफूहरु पनि उच्च स्तरको सेवा दिंदै उडान गरिरहेको थापाले बताए।उडान सुरु गरिएको गन्तव्यहरुमा यात्रुहरुबाट राम्रो साथ पाएको र यसबाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भइरहेको पनि थापा बताउँछन् ।

Advertisement

Advertisement