बीमा समितिले सेवा शुल्क महंगो लियोः बीमा कम्पनीहरू, महंगो भए कम्पनी बन्द गरः सिलवाल

Advertisement

काठमाडौं । भारतीय बीमा नियामकको तुलनामा नेपाली नियामक बीमा समितिले लिने सेवा शुल्क चर्को रहेको कम्पनीहरूले गुनासो गरेका छन् । 

अहिले बीमा समितिले कुनै पनि कम्पनीले गरेको कुल व्यवसायको एक प्रतिशत रकम लिँदै आएको छ । भारतमा नेपालको भन्दा बीमा कम्पनीको संख्या धेरै छ । त्यहाँ बीमा कम्पनीले गर्ने व्यवसाय निकै तगडा भए पनि नियमकले उठाउने शुल्क धेरै छैन् । भारतीय नियमकले कुल प्रिमियम रकमको शुन्य दशमलव ०५ प्रतिशत मात्रै शुल्क लिन्छ । त्यस्तै, श्रीलंकामा कुल प्रिमियम रहेको शुन्य दशमलव ०२ प्रतिशत मात्रै लिन्छ । 

Advertisement

हाल भारतीय बीमा बजारमा ५५ वटा बीमा कम्पनी छन् भने एउटा मात्रै पुनर्बीमा कम्पनी छ । सोमध्ये ३० जीवन, २५ निर्जीवन तथा एक पुनर्बीमा कम्पनी गरी जम्मा ५६ कम्पनी सञ्चालनमा छन् ।

यता नेपालमा २० जीवन, १९ निर्जीवन र दुई वटा पुनर्बीमा कम्पनी गरी ४१ बीमा कम्पनी सञ्चालनमा छन् । व्यवसायको आकार र अन्य सूचकमा पनि भारतका बीमा कम्पनी नेपालका बीमा कम्पनी भन्दा धेरै ठूला र तगडा छन् ।

नेपाली बीमा क्षेत्रमा अधिकांश बीमाका मोडलहरू भारतीय मोडल नै रहेकाले कम्पनीबाट उठाउने शुल्क पनि कम गर्नु पर्छ भन्ने कम्पनीहरूको तर्क छ । कम व्यवसाय गरेका कम्पनीले समितिलाई बुझाएको रकम कम हुन्छ भने धेरै व्यवसाय गरेका कम्पनीले बुझाएको शुल्क पनि सोही अनुपातमा बढी हुन्छ ।

किन अशुल्छ नियमकले कम्पनीहरुबाट एक प्रतिशत सेवा शुल्क ?
बीमा कम्पनीहरूले समितिलाई सेवाशुल्कवापत एक प्रतिशत रकम बुझाउनुपर्छ भन्ने व्यवस्था बीमा ऐन २०४९ ले नै व्यवस्था गरेको छ । सो शुल्क भनेको समितिको आम्दानीको मूख्य स्रोत हो । अहिले उक्त शुल्क बजार सुहाउँदो नै रहेको भन्ने समितिको भनाई छ ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कर्पोरेट नेपालसँग भने, ‘कम्पनीले बुझाउने एक प्रतिशत सेवाशुल्क ऐनमा नै उल्लेख भएको कुरा हो । सोहीअनुसार काम चलिरहेको छ । भोलि नयाँ ऐन आएपछि मात्रै हेरफेर हुनसक्छ । यसमा बीमा समितिले तत्कालका लागि केही गर्न सक्दैन ।’ 

उनले कुनै पनि व्यक्ति संस्था कानुनअनुसार नै चल्ने हुनाले भइरहेको कानुन मान्नै पर्ने बताए । होइन भने कम्पनी बन्द गर्नुपर्ने सिलवालको जवाफ छ ।

Advertisement

Advertisement