समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको हल्ला मात्रै हो, कुनै सत्यता छैन्ः सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । कर्पोरेट नेपालको प्रश्नमा उनले नयाँ कम्पनीलाई लाइसेन्स दिने भन्ने कुरा आफैलाई थाहा नभएको बताउँदै यदि हल्ला चलेको हो भने त्यसमा सत्यता छैन् भने । 

अहिले बीमा बजारमा नयाँ कम्पनीले लाइसेन्स पाउन लागेको चर्चा बाहिर भए पनि सिलवालले त्यसमा अनविज्ञता व्यक्त गरे । उनले भने, ‘नयाँ कम्पनीलाई लाइसेन्स दिने कुरा मलाई नै थाहा छैन् । म समितिको अध्यक्ष हो । मलाई नै थाहा नभएको कुरा कसरी सत्य हुन्छ ?’ 

Advertisement

सिलवालकाअनुसार अहिले भएकै कम्पनीहरु पर्याप्त रहेकाले थप्नु जरुरी छैन । यदि समितिभन्दा बाहिर यस्तो हल्ला चलेको हो भने त्यो बदनियतपूर्ण हो भन्दै नयाँ कम्पनीलाई लाइसेन्स दिने कुरा अध्ययन गरेर आवश्यकताको आधारमा मात्रै निर्णय गर्ने कुरा हो भने । 

समितिको सञ्चालक समितिमा पनि यस विषयमा कुनै कुरा नउठेको सिलवालले स्पष्ट पारे । नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिनुअघि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भन्दै उनले अहिले त्यस्तो कुनै पनि प्रक्रिया नचलेको बताए । 

समितिमा आवेदन आउनु र बीमा कम्पनीले लाइसेन्स पाउनु फरक कुरा हो भन्दै सिलवालले आवेदन जस्ले जनि जहिले पनि दिइरहनसक्ने कुरा हो भने । सिलवाल आएपछि समितिले निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन पुनर्बीमा कम्पनीलाई मात्रै लाइसेन्स दिएको छ । अन्यलाई दिने कुरामा कुनै गृहकार्य नभएको उनले स्पष्ट पारेका छन् । 

बीमा क्षेत्रका जानकारहरुले पनि अहिले नै नेपालको बीमा बजारमा पर्याप्त कम्पनीहरु रहेकाले यिनीहरुको गुणस्तर र क्षमता सुधारमा ध्यान दिनुपर्ने बताउँदै नयाँ कम्पनीलाई लाइसेन्स दिइयो भने अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै आएका छन् । 

Advertisement

Advertisement