सीईओ उपाध्यायको तिहार अनुभवः पट्का पटकाउने उट्पट्याङ कहिल्यै गरिन्, तास खेलिएन

Advertisement

काठमाडौं । तिहारलाई मान्ने, मनाउने र यो चार्डलाई हेर्ने सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ । आज हामीले नेपाली बीमा क्षेत्रमा लामो समय काम गरेरका एक अनुभवीको तिहार अनुभव प्रस्तुत गर्दैछौं । 

आफ्नो पेशागत जीवनमा निकै व्यस्त रहने सानिमा जनरल इन्स्योरेन्सका (सीईओ) सुध्युम्न उपाध्यायसँग बीमा क्षेत्रमा काम गरेको २५ बर्ष लामो अनुभव छ । उनले विभिन्न बीमा कम्पनीमा सीईओको भूमिका निर्वाह गरेको पनि एक दशक भइसकेको छ । 

Advertisement

काठमाडौंमा जन्मिएका उपाध्यायलाई तिहार निकै मन पर्ने चार्ड हो । बिगतमा तिहार मनाउँदा आफ्ना सात जना दिदी भाई मिलेर टीका लगाएको सधैं सम्झन्छन् । उनले आफ्नो काका र ठूलो बुबाका छोराछोरी समेत गरी मिलेर पहिले तिहारमा टीका लगाउँथे । तर अहिले सबै दाजुभाई दिदी बहिनी नेपाल बाहिर छन् । उपाध्यायको एक भाई र एक दिदी छन् । 

उनी भन्छन्, ‘मैले आफ्नै दिदीबहिनीसँग टीका लगाउने गरेको छु । हामी त्यति धेरै जना छौं । मैले अरूसँग चाहीं कहिल्यै टीका लगाएको छैन ।’ कहिले काहीं दिदीबहिनी आउँदा उपाध्याय तिहारमा टीका लगाउँछन् । 

सानैदेखि शान्त र भलादमी स्वभावका उनले कहिल्यै पटका पटकाएनन् । तास खेलेनन् । उपाध्याय भन्छन्, ‘म उट्पट्याङमा कहिल्यै लागिन । यद्यपि मलाई चाडपर्व आएपछि रमाइलो लाग्छ ।’ 

उनले हरेक दिनको बिहानी पूजापाठमा बिताउँछन् । राजधानी काठमाडौं बाहिर गएको बेलामा देखेभेटेसम्मका मठ मन्दिरमा पुग्छन् । आध्यात्मिक मनका उपाध्याय तिहारमा तात्तातो सेल असाध्यै मन पर्छ । तिहारमा उनले सबैभन्दा धेरै खाने यही हो । 

अरू मतलब छैन, लक्ष्मी पूजाचाहि आफै
सीईओ उपाध्याय तिहारका किनमेलमा खासै सामेल हुन्नन् । तर लक्ष्मी पूजामा भने आफै सामेल हुन्छन् । तिहारमा घर सजाउन उनलाई मनपर्छ । उपाध्यायले आफैले झिलिमिलि बत्ति ल्याएर तिहारअघि नै बालिसकेका छन् । उनलाई तिहारमा पाईने खाने कुरामध्ये सबैभन्दा धेरै ड्राई फूड ओखर, काजु, किसमिस पनि निकै मन पर्छ । 

Advertisement

Advertisement