बजार हिस्सा १७ प्रतिशतले बढी भएको टेलिकमको आम्दानी निजीभन्दा कमजोर

Advertisement

काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको बजार हिस्सा समग्र निजी सेवाप्रदायक भन्दा बढी छ । टेलिकमका डेटा प्रयोगकर्ता अन्य निजी सेवाप्रदायकको भन्दा १७ प्रतिशतले बढी छ । निजी क्षेत्रका सेवाप्रदायक कम्पनी, एनसेल, स्मार्ट टेलिकम र निजी इन्टरनेट सेवाप्रदायकको भन्दा बढी भ्वाइस तथा डेटामा बजार हिस्सा भएपनि आम्दानीमा भने टेलिकम अरु भन्दा कमजोर छ ।

टेलिकमको समग्र भ्वाइस प्रयोगकर्ता दुई करोड १९ लाख ५७ हजार ७०४ रहेका छन् । यसको तुलनामा अन्य सेवाप्रदायकको बजार हिस्सा टेलिकमको भन्दा १६.४७ प्रतिशले कम छ । अन्य सेवाप्रदायक एनसेल र स्मार्टसहितको भ्वाइस प्रयोगकर्ता एक करोड ८८ लाख ५१ हजार ९३७ छन् । यो तथ्यांकका आधारमा टेलिकमका प्रयोगकर्ता ३१ लाख ०५ हजार ७६७ ले भ्वाइसका प्रयोगकर्ता बढी छन् । यी प्रयोगकर्ता समग्र निजी सेवाप्रदायकको भन्दा करिब साढे १६ प्रतिशतले बढी हुँदा पनि आम्दानीमा भने टेलिकम निजी सेवाप्रदायकको भन्दा पछाडि परेको छ ।

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौसम्ममा टेलिकमको डेटा प्रयोगकर्ता एक करोड ८० लाख ५० हजार ३५५ छन् । यस्तो डेटा प्रयोगकर्ता समग्र निजी सेवाप्रदायकको भने एक करोड ५४ लाख ०८ हजार ५५३ मात्रै छन् । यस्तो प्रयोकर्ता निजीको भन्दा टेलिकमको १७ प्रतिशत अर्थात २६ लाख ४१ हजार ८०२ ले बढी छन् । टेलिकमले पाउने सेवा सुविधा पनि निजीको तुलनामा बढी नै हुने, सेवाका हिसावले टेलिकम निजीको तुलनामा अब्बल छ भने फोरजी प्रयोगकर्ताका हिसावले पनि टेलिकम भदौ देखि निजी क्षेत्रको एनसेल भन्दा अगाडि पुगेको छ ।

टेलिकमका फोरजी प्रयोगकर्ता भदौको तथ्यांक अनुसार ६२ लाख ६८ हजार पुगेको छन् भने एनसेलका प्रयोगकर्ता ५७ लाख २५ हजार मात्रै छन् । ग्राहकलाई सेवा दिने कर्मचारी पनि टेलिकमा निजीको भन्दा धेरै छ । टेलिकममा ९० प्रतिशत भन्दा बढी सरकारी लगानी रहेको छ । एनसेललाई भन्दा ६ महिना अगाडि नै सरकारले टेलिकमलाई फोरजी प्रयोगको अनुमति पनि दिएको थियो।

निजी सेवाप्रदायक एनसेलसँग जम्मा औपचारिक रूपमा आवद्ध कर्मचारी ५४० जना मात्रै हुँदा टेलिकमसँग भने ३९५८ जना रहेका छन् । धेरै कर्मचारी ७७ जिल्लामा फोरजीसहितको भ्वाइस सेवा, निजी सेवाप्रदयाकको तुलानामा धेरैवटा सेवा टेलिकमसँगै छ । टेलिकमसँग इन्टरनेटका लागि एडीएसएल, केबल एफटीटीएच, इन्टरनेट लिज लाइन, वाइम्याक्स, थ्रीजी, फोरजी र इभिडिओ डेटा सेवा छ ।

टेलिकम भ्वाइसमा पनि निजी सेवाप्रदयाको भन्दा बढी सेवा र सुविधा भएको कम्पनी हो । निजी सेवाप्रदायकसँग मोबाइल सेवा मात्रै हुँदा टेलिकमसँग भने फिक्स टेलिफोन पीएसटीएन, वायरलेस फोन, एफटीटीएच भ्वाइस, भिस्याट, सीडीएमए मोबाइल र जीएसएम मोबाइल सेवा रहेको छ । तर, आम्दानीको हिसावमा भने निजी क्षेत्रको एनसेलको तुलनामा टेलिकम पछाडि परेको छ।

यो कम्पनीले दिएको एफटीटीएच सेवा पनि १०३ स्थानीय तहसम्म पुगिसकेको छ । टेलिकमले गत आर्थिक वर्ष २०७७/७८ सम्ममा दूरसञ्चार सेवा शुल्क तीन अर्ब ७४ करोड ४९ लाख, मूल्य अभिबृद्धि कर तीन अर्ब १ करोड ८० लाख अन्य कर तथा महसुल चार अर्ब १० करोड र स्वामित्व कर ४९ लाख र फ्रिक्वेन्सी वापत एक अर्ब ७१ करोड ७१ लाख गरी कुल १२ अर्ब ५८ करोड रुपियाँ बुझाएको छ ।

एनसेलले यस्तो सेवाशुल्कका बुझाएको रकम टेलिकमको भन्दा बढी छ । एनेसेलले दूरसञ्चार सेवाशुल्क चार अर्ब ६९ करोड, मूल्य अभिबृद्धि कर चार अर्ब ५१ करोड, रोयल्टी दुई अर्ब २१ करोड, अन्य कर÷महशुल १२ अबै ९६ करोड र फ्रिक्वेन्सी रकम वापत एक अर्ब ५९ करोड गरी कुल २६ अर्ब ९८ करोड रुपियाँ बुझाएको छ । टेलिकमको तुलनामा एनसेलको आम्दानी बढी भएकोले यसले तिर्ने सेवा शुल्क र महशुल पनि टेलिकमको तुलनमा दोब्बर बढी छ ।

उपकरण सिफारिका लागि पनि एनसेलले भन्दा टेलिकमले बढी रकमको लिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणलेको तथ्यांक अनुसार उपकरण सिफारिशमा टेलिकमले एक अर्ब ७६ करोड रुपियाँको लिएको छ भने एनसेलले एक अर्ब ५६ करोडको मात्रै लिएको छ । टेलिकमले गरेको कुल आम्दानी भने आव २०७७/०७८ मा ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रुपियाँ छ । गत आव २०७६/७७ मा टेलिकले गरेको यस्तो आम्दानी ४२ अर्ब ९८ करोड ७४ लाख रुपियाँ थियो ।

एनसलको आम्दानी सन् २०२० मा ४२ अर्ब २६ करोड रुपियाँ रहेको एक्सियटाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यसको आम्दानी अघिल्लो वर्ष ५४ अर्ब रहेको थियो । एनसेलको आम्दानी गत वर्ष १२ अर्बले घट्दा पनि टेलमको भन्दा सात अर्ब रुपियाँ बढीको आम्दानी छ ।

सेवाशुल्क दस्तुर निजीको भन्दा कम हुँदा आम्दानी घट्योः टेलिकम
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी भने टेलिकमको सञ्चालन खर्च र सेवा शुल्कको दस्तुर नै थोरै भएकोले आम्दानी कम भएको बताउँछन् । उपभोग गर्दा लाग्ने महशुल दर टेलिकको निजी क्षेत्रको तुलनमा कम छ । महशुल दर कम हुने र सेवामूलक संस्था भएकोले पनि आम्दानी कम भएको अधिकारी बताउँछन् । नर्मल सेवा शुल्क डेटाको टेलिकमको एक रुपियाँ हुँदा अन्य सेवाप्रदायको डेढ दुई रुपियाँ हुने गरेको छ ।

भ्वाइसमा पनि टेलिकमको एक रुपैयाँ ५० पैसा प्रति मिनेट प्रिपेडको हुँदा अन्य सेवा प्रदायकको दुई रुपियाँकै हाराहारीमा हुने बुझाई अधिकारीको छ । समग्र प्याकेजमा उस्ताउस्तै देखिने भएपनि नर्मल शुल्क जुन आम उपभोक्ताले तिर्ने शुल्क टेलिकमको भन्दा निजीको बढी हुने गरेको अधिकारी बताउँछन् ।

दूरसञ्चार प्राधिकरणले एक निजी सेवाप्रदायकलाई एक अर्ब १२ करोड रुपियाँ ग्राहकबाट थप शुल्क अशुलेको निष्कर्षसहित त्यो फिर्ता गर्न निर्देशन समेत दिएको थियो । यसले एनसलेलले अतिरिक्त शुल्क ग्राहकबाट लिने गरेको र गुनासो नआएसम्म थाहा पनि नहुने प्राधिकरणका अधिकारी बताउँछन् ।

टेलिकले ग्राहकबाट बढी लिने र बढी नाफा कमाउने काम नगरेको अधिकारी बताउँछन् । टेलिकमले अरुको भन्दा सस्तो सेवा दिने, सहज सेवा उपलब्ध गराउने तथा व्यवसायिक प्रयोजनका दृष्टिले मात्रै नहेरेर सेवामूलक पनि हुने गरेको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

टेलिकको कर्मचारी बढी हुने तथा यसको सञ्चालन खर्च पनि निजी सेवाप्रदायकको तुलनामा बढी हुने गरेको छ । टेलिकमको कर्मचारी केही समय अगाडि ६ हजार जना भएपनि अहिले घटाएर चार हजार आइपुगेको छ । टेलिकमले सरकारी दरबन्दी अनुसार कर्मचारी राख्ने पर्ने र सेवा सुविधा पनि त्यहीँ अनुसार दिनुपर्ने भएकोले पक्कै कर्मचारी बढी हुँदा सञ्चालन खर्च बढी हुने नै भएको बुझाइ टेलिकमको भनाइ छ । अब टेलिकमले पनि विस्तार प्रविधिको प्रयोगसँगै कर्मचारी पनि कटौति गर्ने जाने नीति लिएको टेलिकमको भनाइ छ । 
 

Advertisement

Advertisement