बीमा कम्पनीको व्यवस्थापन सम्हाल्न किन सक्दैनन् सीएहरु ? को हो जिम्मेवार ?

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जागिर धमाधम संकटमा पर्न थालेको छ । यस्तो समस्या देखिन थालेसँगै बीमा क्षेत्रले किन सीए धान्न सकेन ? भन्ने प्रश्न उठन थालेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘बीमा कम्पनीको सीईओलाई सञ्चालक समितिको हस्तक्षेप हुनुहुँदैन, त्यस्तो अवस्था सिर्जना भएमा छोड्नुको विकल्प हुँदैन । त्यसैले हस्तक्षेप तुरून्तै रोक्नुपर्छ ।’

Advertisement

‘व्यवस्थाकीय पदमा पुगेपछि आफ्नो काम गरेर मात्रै हुँदैन । कर्मचारीलाई राम्रोसँग परिचालन गर्न पनि सक्नुपर्छ । त्यस्तै, कम्पनीको सञ्चालक समितिसँग पनि सौहार्दपूर्ण व्यहार गर्न सक्नुपर्छ । सञ्चालक समिति, कर्मचारी तथा सीईओको कार्य क्षमतामा जति मेल हुन्छ त्यति नै सीईओको जागिर दीर्घकालीन हुने बीमा क्षेत्रमा २ दशक बिताईसकेको सानिमा जनरल इन्स्योरेन्सका सीईओ सुध्युम्न उपाध्यायले बताए । 

यी हुन् बीमा क्षेत्रले धान्न नसकेका सीएहरु

– राकेश पोख्रेलः 
सीए पोखरेलले आईएमई लाईफ इन्स्योरेन्समा कामु सिईओ हुने अवसर पाए । सूर्या लाइफमा उप प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को काम गरिरहेका उनलाई सिईओका लागि अफर गरियो र आईएमई लाईफको व्यवस्थापन सम्हाल्न पुगेका पोखरेल तीन महिनामै बाहिरिए । 

– शिवनाथ पाण्डेः
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पाण्डेले पनि पूरा कार्यका्ल सीईओको भूमिका निभाउन पाएनन् ।  उनी सूर्या लाइफबाट कार्यकाल पूरा नहुँदै बाहिरिएका हुन् । पाण्डे पनि चार्टर्ड एकाउन्टेन्ट हुन् । बीमा क्षेत्रले ठूलो आशा भरोसा राखेको भए पनि पाण्डेले आफ्नो कार्यकालमा अपेक्षाकृत रूपमा सूर्या लाइफको बजार हिस्सा बढाउन सकेनन । उनले आफ्नो ४ वर्षे कार्यकाल सकिन २ महिना अघि नै राजीनामा दिएका थिए । पाण्डेले आफू राष्ट्र बैकबाट एउटा बीमा कम्पनीमा प्रवेश गर्दै समग्र बीमा क्षेत्रको गरिमा बढाउने काम गरेको प्रतिक्रिया दिए । उनले कोही टिक्नु र नटिक्नुभन्दा पनि विगतको तुलनामा सूर्या लाइफलाई सबल बनाएको कर्पोटेट नेपाललाई बताए ।  

– सन्तोष प्रसाईं
पछिल्लो पटक अर्का सीए सन्तोष प्रसाईँले बीमा कम्पनीको सीईओ पद ८ महिना भन्दा बढी धान्न सकेनन् । नेपाल लाइफको सीईओ हुने अवसर पाएका प्रसाईँ सञ्चालकहरुसँग खटपट भए पछि कम्पनीबाट बाहिरिएका छन् । पछिल्लो समय प्रसाईँको राजीनामासँगै बीमा क्षेत्रमा एउटा तरङ्ग छाएको छ । सीए पढेका सीईओ किन टिक्दैनन भन्ने चर्चा चलेको हो । 

नेपाल लाइफकै पूर्व सीईओको तथा सीए विवेक झा भने त्यति विवादमा आएनन् । त्यस्तै, अर्का सीए तथा नेपाल इन्स्योरेन्सका सीईओ विजयबहादुर शाह पनि विवादमा नपरी पूरा कार्यकाल बिताएर संस्थाबाट बाहिरिएका थिए । 

Advertisement

Advertisement