कात्तिक २६ बाट भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु

Advertisement

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आउँदो कातिक २६ गतेदेखि मंसिर १३ भृकुटीमण्डपमा फुटवेयर विजनेश एक्सपो आयोजना गर्ने भएको छ । 

गत वर्ष माघ र फागुन महिनामा पनि मेला आयोजना गरेको संघको यो तेस्रो व्यापारिक मेला हो । मेला वार्षिक रूपमा काठमाडौंमा दुई पटक र हरेक प्रदेशमा एक पटक लाग्ने गर्छ । 

Advertisement

मेलाको अवसरमा राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी पनि हुँदै आएको छ । त्यस्तै, ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’, भन्ने मूल नाराका साथ मेला सम्पन्न हुनेछ । मेलामा ३० वटा कम्पनीहरूका ६० भन्दा बढि स्टल रहने छन् । 

नेपालका चर्चित ब्राण्डहरूमा उपभोक्ताले भारी छुट पाउने आयोजकको भनाई छ । स्वदेशमा उत्पादन भएका जुत्ता चप्पलमार्फत देशलाई आत्मनिर्भर बनाउन सघाउने मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । 

Advertisement

Advertisement