धितोपत्र बोर्डको अध्यक्ष हुन इच्छुकको संख्या ११ पुग्यो, को को हुन आवेदक ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिनेको संख्या ११ जना पुगेको छ । मंगलबारसम्म जम्मा तीन जनाले मात्रै आवेदन दिएकोमा आज बिहीबार थप आठ जनाले आवेदन दिएका हुन् । 

आज थपिनेमा बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैकका पूर्वनिर्देशक चिरञ्जीवि चापागाईंलगायत छन् । यसअघि सेबोनका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी र सहकारी विकास बोर्डका उपनिर्देशक अनिल पौडेलले आवेदन दिएका थिए । 

Advertisement

निवेदन दिने थप व्यक्तिमा नेपाल राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्जय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का पूर्वमहाप्रबन्धक सीताराम थपलिया, शेयर विश्लेषक डा. केशव श्रेष्ठ, जीवन अमगाईं, रमेश हमाल तथा अम्बिका शर्मा लामिछाने छन् । 

आवेदकहरुका लागि आउने आइतबार अन्तरवार्ताको समय तोकिएको छ । यसअघिका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर अपचलनमा दोषी ठहर्याउँदै सरकारले बर्खास्त गरेपछि सो पद खाली थियो । 

  
  
 

Advertisement

Advertisement