‘नरेन्द्र मोदीले अन्तःशुल्क हटाएर इन्धनको भाउ २३ रुपियाँले घटाए, हामीले किन हटाउन मिल्दैन ?’

Advertisement

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको पटक पटकको मूल्य वृद्धिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लबमा शुक्रबार उनले पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको गुनासो गरे । 

महर्जनले भने, ‘हामी पीडामा परेका छौं । आयल निगमलाई अहिले जनतासँग फेस गर्ने अवस्था छैन् । १२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो । यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य चार डलर घटेको छ । अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नुभयो । धेरै घाटा भयो भनेर मूल्य बढाइयो । यो गलत हो ।’

Advertisement

निगमले भारतीय बजारमा नेपाली बजारभन्दा महँगो पर्यो भनेकोबारे पनि उनले कडा आपत्ति जनाए । महर्जनले भने, ‘भारतीय बजारमा मूल्य बढ्यो अरे । के नेपाल भारतको अंग हो र ? भारतसँग मूल्य दाँज्नुको अर्थ नै छैन् । छ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थमा लगाएको अन्तःशुल्क हटाईदिए । त्यहाँ अहिले प्रतिलिटर २३ रुपियाँ घटाईयो । यता आयल निगमले चाहीँ खाली एकोहोरो रुपमा अन्तर्राष्ट्रिय भाउ बढ्यो भनेको छ । अनि खाली आयल निगम डुब्यो भनेको छ । सुब्बा, खरदारले अफिसको मोटरसाईकल चढ्छ । तर, दैनिक १०५ रुपियाँ यातायात सुविधा पनि लिन्छ । आयल निगमको कर्मचारी त शेखहरु भएका छन् । नेपालमा शेखहरु खोज्न कहीँ जानुपर्दैन् । आयल निगम गए हुन्छ ।’

महर्जनले निगमले तीन करोड नेपालीलाइ हैरान पार्ने काम गरेको आरोप लगाए । उनले भने, ‘निगमका कर्मचारीले बोनस किन खानुपर्यो ? मोजा धुनलाई सावुनको भत्ता भनेर लिएको छ । यो भन्दा बढि के चाहिएको थियो र ? हामी सर्वसधारण उपभोक्तालाई मार नपर्नेगरि मूल्य निर्धारण गर्नुपर्छ । पेट्रोलियम पदार्थमा धेरै कर लिने गरिएको छ । यो सबै गलत छ । यी विकृतिहरु सच्याउनुपर्छ ।’

निगमलाई उनले जनतालाई हदैसम्म बेकुफ बनाउने काम नगर्न पनि चेतावनी दिए । महर्जनले भने, ‘सरकारको कूटनीतिको कारण आज हामी जनता मारमा पर्नुपरेको छ ।’

Advertisement

Advertisement