‘नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य छ, यो कुरा कतिपयलाई चित्त बुझ्दैन’

Advertisement

–जनार्दन शर्मा/अर्थमन्त्री ।
नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मेरो लक्ष हो । देशलाई हित हुने कुरा गर्दा कतिपयलाई चित्त बुझ्दैन । यतिवेला दुई हजार मेगावाट मात्र विद्युत हुँदा पनि ५ सय मेगावाट खेर जाने चिन्ता छ आज । जवकि १० हजार मेगावाट विद्युत नेपालमै खर्च गर्ने योजना चाहिन्छ । मैले प्रतिस्थापन विधेयकमार्फत स्वदेशमै विद्यूत खपत गर्ने उद्योगहरु स्थापना गर्नेगरी नीति ल्याएको छु । 

नेपालमा फलाम उद्योगहरु १५–१८ वटा चल्न सक्ने अवस्था छ । धौवाडी लगायतका फलाम खानीहरु संचालनमा ल्याउनुछ । निर्माणको क्षेत्रमा हामी केही समयमै आत्मनिर्भर हुन सकिने अवस्था छ । 

Advertisement

रेमिट्यान्सलाई औपचारिक च्यानलमा आउने अवस्था सृजना गर्नुछ । उहाँहरुलाई केही प्रोत्साहन दिएर मात्र औपचारिक च्यानलमा ल्याउन सकिन्छ । हुण्डी घटाउने योजना आउदैछ । कृषि लगायतको क्षेत्रमा प्रवाह भएको सहुलियत ऋण दुरुपयोग नहोस भनेर छलफल शुरु भएको छ । वैदेशिक लगानी भित्र्याउनको लागि पनि केही नयाँ नीतिगत लगानी गरिदैछ । गैर आवासीय नेपालीहरुले नेपालको बैंकमा पंैसा राख्न पाउने गरी केही नयाँ नीति बन्दैछ ।  

सरकारले सडकको नक्शांकन गर्ने कार्यक्रम ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरका सडकहरु बनाउनको लागि नक्शांकन गर्ने योजना बनाइएको हो । लगाइएको छ । संघीय सरकारले गनुूपर्ने, प्रदेश सरकारले गर्नुपर्ने र स्थानीय तहले बनाउनुपर्ने सडकहरुको नक्शांकन गर्न लागिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नेगरी काम अघि बढाइन्छ । सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको छ ।

कार्यमैत्री वातावरण निर्माण गर्ने गरी ऐन संशोधनको गृहकार्य भइरहेको छ । पोखराको भौतिक पूर्वाधारको विकासको आवश्यकता, चक्रपथ निर्माणलगायतको विषयमा संघीय सरकार सकारात्मक छ ।  

निजी क्षेत्र बाँचेन भने सरकार पनि राम्रोसँग चल्न सक्दैन । उद्योग, व्यापार, व्यवसाय राम्रोसँग चलेन भने राजश्व संकलन हुँदैन । यो कुरा सरकारले बुझेको छ । यसको लागि सहजीकरण गरिन्छ । कर प्रणालीलाई पनि सरलीकृत गर्ने गरी काम अघि बढ्दैछ । पर्यटन क्षेत्र केही चलायमान हुँदैछ । आन्तरिक पर्यटनको विस्तार गर्न सकिने क्षेत्रहरु धेरै छन । यसको लागि आवश्यक योजना तथा कार्यक्रम ल्याइदैछ । 

देश निर्माणको लागि उत्पादनमूललक अर्थतन्त्र निर्माण गरौं । उद्योग खोल्दा तपाई के सुविधा उपलब्ध गराउनुपर्छ त्यसको लागि सरकार तयार छ  । कर छुट, भन्सार छुट , विद्युतमा छुट आदिको व्यवस्था गर्न सरकार तयार छ । पुँजीगत खर्च बढाउनको लागि आज विहान मात्र मैले भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री सचिवसहितका पदाधिकारीहरुसँग छलफल गरेको छु । क्याविनेट विस्तार लगायतका कतिपय राजनैतिक कामहरु बाँकी रहेकोले यसअघि पुँजीगत खर्च अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन तर अब अघि बढ्न ।

पहिलो पटक राज्यको तर्फबाट गरिब परिवारलाई १० हजारका दरले राहत दिने प्रक्रिया सुरु भएको छ । तरलताको अभावले पुनर्कर्जा नपाइरहेको अवस्था हो भने त्यसलाई पनि सम्बोधन हुने गरी सरकारले काम गर्छ । 

सात प्रतिशत आर्थिक वृद्धि दरको लक्षलाई बेमौसमी बर्षाले असर पार्ने देििखएको छ । खरबौंको पूर्वाधार क्षति भयो, अरबौंको अन्नबाली क्षती भयो । धानबाली क्षतिवापतको रकम व्यवस्था गर्न साढे सात अर्ब बजेट थप खोज्नुपर्ने अवस्था आयो । उद्योगी व्यवसायीहरुका जायज माग सम्बोधन गर्ने काम सरकारले सुरु गरिसकेको छ । 

(पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेकोस्वागत तथा छलफल कार्यक्रममा अर्थमन्त्री शर्माको सम्बोधनको सम्पादित अंश ।) 
 

Advertisement

Advertisement