सुपर मादी हाईड्रोले ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने कार्य अगाडि बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर बिक्री प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता आईतबार सम्पन्न भएको हो । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।  

Advertisement

कम्पनीले कास्कीको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीले ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको छ । 

शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष ढुंगानाले जानकारी दिए । 

Advertisement

Advertisement