थप ३७७ जना कोरोना संक्रमित थपिए, १७० संक्रमणमुक्त

Advertisement

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो ।  

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १७४  रहेको छ । 

Advertisement

आज १७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ७१४ पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट चारको मृत्यु 
पछिल्लो २४ घण्टामा थप चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । 

त्यसैगरी पछिल्लो समय ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४७६ छ । अहिले होम आइसोलेशनमा ६ हजार ९८४, संस्थागत आइसोलेसनमा ४९२, आइसियुमा २१९ र भेन्टिलेटरमा ५९ जनाले उपचार गराइरहेका छन् । 

Advertisement

Advertisement