ताइवानलाई लिएर अमेरिका–चीन तनाव बढ्यो, आगोसँग नखेल्न सीको वाइडेनलाई चेतावनी

Advertisement

एजेन्सी । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न चेतावनी दिएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानको पक्षपोषण गर्नु उनको देशका लागि प्रत्युपादक हुने चेतावनी दिएका हुन् ।

दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेले जस्तै’ हुने बताएको बीबीसस्ले जनाएको छ । 

Advertisement

बाइडनले पदभार ग्रहण गरेपछि दुई नेताबीच भएको यो महत्वपूर्ण बैठक हो । दुई देशबीचको तनाव कम गर्न भएको वार्ता झन तनावग्रस्त भएको छ । आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा ताइवानले दावी गर्दै आए पनि चीनले त्यसलाई अस्वीकार गर्दै आफ्नो प्राप्त भएको बताउँदै आएको छ । ताइवानी राष्ट्रपतिले केही दिनअघि आफ्नो राष्ट्रिय एकता दिवसमा आफूहरु स्वतन्त्र राष्ट्र भएको र त्यसका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएकी थिइन् । तर चीनले भने एकीकरण गराएरै छाड्ने अडान राख्दै आएको छ । 

अमेरिकाले ताइवानमाथि आक्रमण भएमा उसको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । दुई देशबीचको भर्चुअल बैठकको सुरुमा दुवै नेताले एक अर्कालाई न्यानो अभिभादन गरे पनि ताइवानको विषयमा भने कडा अभिव्यक्ति दिएका हुन् । 

Advertisement

Advertisement