‘नेपालमा उद्योग खोले सस्तोमा बिजुली दिन्छौं, श्रम सस्तो छ, जग्गालगायतका सुविधा दिन्छौं’

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउनु पर्ने बताएका छन् । 

फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा बुधबार उनले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरे । शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । 

Advertisement

मन्त्री शर्माले भारतबाट आयात गर्ने मात्र नभई नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए उनले भने, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ । बिजुली भारतको भन्दा १४ रुपियाँ सस्तो छ । भारतमा उद्योगले प्रतियुनिट २० रुपियाँ तिर्ने गरेका छन् । तर नेपालमा उद्योग खोले छ रुपियाँ प्रतियुनिट बिजुली दिन्छौं । उद्योगलाई चाहिने जग्गालगायत अन्य सबै सुविधासहित आवश्यक कर छुटसमेत सरकारले दिन्छ । फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।’

शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै उनले भने, ‘अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ, अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ । यदि अब नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषि बिना हाम्रो देश र राष्ट्रियता आत्मा निर्भरता सम्पन्नको सपना पूरा गर्न सक्दैनौँ, कृषि पर्यटन र जलविद्युत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्, अब हामीले साझा प्रतिवद्धता गरेर जानु पर्ने आवश्यक छ, यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो, त्यसैले यसमा लगानी बढाउनु पर्छ ।’

कृषि गु्रपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो । यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताए । नान

Advertisement

Advertisement