चुनाव नजिकिएसँगै मोदीले विवादास्पद कृषि कानुनहरु फिर्ता लिए

Advertisement

काठमाडौं । भारतीय किसानले विरोध जनाउँदै आएको कृषि कानुन भारतीय सरकारले फिर्ता लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैले यसअघि सारी गरेका तीन वटा कानून फिर्ता लिने घोषणा गरेका हुन । 

मोदीले राष्ट्रिय सम्बोधन गर्दै किसानले विरोध जनाएका कानुन फिर्ता लिएको बताए । विगत झण्डै एक बर्षदेखि किसानले विरोध जनाउँदै आएका ती कानुनलाई लिएर प्रदर्शनकारीले नयाँ दिल्लीमा हिंसात्मक प्रदर्शनसमेत गरेका थिए । 

Advertisement

तर उत्तर प्रदेश र पञ्जावमा विधानसभा चुनाव नजिकिएपछि उनी उक्त कानुन फिर्ता लिन बाध्य भएका हुन् । त्यही क्षेत्रका किसानले उक्त कृषि कानुनको बढि विरोध जनाएका थिए । 

सम्बोधनका क्रममा मोदीले भने, ‘हामीले तीनैवटा कृषि कानून फिर्ता लिने निर्णय लिएका छौं । यसै महिनाको अन्त्यमा शुरु हुने संसद सत्रमा कानून रद्द गर्ने प्रक्रिया पूरा गर्नेछौं ।’ उनले किसानकै हितका लागि असल मनसायले यो कानुन जारी गरे पनि कतिपयलाई यसको बारेमा बुझाउन नसकेको स्वीकार गरेका छन् ।

Advertisement

Advertisement