उन्नाइस बैंकको निक्षेप घट्यो,  ३१ अर्ब जम्मा हुँदा कर्जा भने तीन खर्ब नाघ्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेप थोरै संकलन भएको भएपनि कर्जा प्रवाह भने अधिक भएको देखिन्छ । चालू आवको पहिलो चौमासिकमा वाणिज्य बैंकहरूले जम्मा ३१ अर्ब ९५ करोड रुपियाँ मात्रै निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने वेपत्ता बढाएका छन् ।

वाणिज्य बैंकहरूले पहिलो चौमासिकमा संकलन गरेको करिब ३४ अर्ब रुपियाँ मात्रै निक्षेप संकलन गरेका भएपनि कर्जा प्रवाह भने बढाएर तीन खर्ब १३ अर्ब रुपियाँ पुराएका छन् ।  बैंकहरूमा कात्तिक महिनामा संकलन भएको कर्जा असोजको तुलनामा ३५ अर्ब ३१ करोड रुपियाँले घटेको भएपनि कात्तिकमा भएको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपियाँले बढेको देखिएको छ ।

Advertisement

नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्ममा १९ वटा वाणिज्य बैंकको निक्षेप नकारात्मक भएको छ । यो अवधिमा कर्जा भने सबै बैंकहरूले बढाएका छन् ।

चालू आवको पहिलो चौमासिकमा बैंकहरूले प्रवाह गरेको यस्तो कर्जा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको २६ अर्ब रहेको छ भने सबैभन्दा कम मेगा बैंकको ३ अर्ब मात्रै रहेको छ ।

असोजको तुलनामा कात्तिकमा कर्जा प्रवाह घटाउनेमा पनि नौ वटा बैंक रहेका छन् । यी बैंकको कर्जा विस्तार नै रोकेका कारण अघिल्लो महिनको तुलनामा गत महिना कात्तिकमा कर्जा प्रवाह घटेको देखिएको हो ।
वाणिज्य बैंकहरूको चालू आवको पहिलो चौमासिकको निक्षेप तथा कर्जा प्रवाह

Advertisement

Advertisement