गुणस्तरीय ई–कमर्श सेवाका लागि विशेष पहल गर्न आवश्यक छः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको कार्यक्रममा उनले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताए । 

Advertisement

ढकालले अबको युग भनेको सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटलाइजेशनमा लैजान सुझाव दिए । विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लैजान आग्रह गरे । 

ढकालले भने, ‘हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जिविका चलाउने मुख्य माध्यम नै बन्न गयो । यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्यौं ।’ महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र भिजन पेपरमा पनि सूचना प्रविधिको विकासलाई नै प्रमुखताका साथ समेटेको उनले बताए । 

Advertisement

Advertisement