फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको अध्यक्षमा नानिराज घिमिरे चयन

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा नानिराज घिमिरे चयन भएका छन् । 

शुक्रबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 

समितिको महासचिवमा ज्ञानेन्द्रप्रसाद दाहाल र कार्यसमितिका सदस्यहरुमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशरबहादुर प्रधान, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम निर्वाचित भएका छन् ।