सेन्चुरी, ग्रिनहिल सिटी र कंडेलबीचको विवाद झन चर्कियो, बैंकका म्यानेजर समेत तानिने

Advertisement

काठमाडौं । इमाडोलस्थित ग्रिनहिल सिटी हाउजिङ कम्पनीले विकास गरेको घर किन्न सेन्चुरी बैंकले त्रिपक्षीय करारनामाका आधारमा शान्ता शर्मालाई उपलब्ध गराएको ऋणलाई लिएर सुरु भएको विवाद झन चर्किएर गएको छ ।

उक्त हाउजिङकी उपभोक्ता शान्ता शर्मालाई सम्झौताअनुसारको बाँकी स्वीकृत ऋण रकम उपलब्ध गराउन बैंकले अस्वीकार गरेसँगै सुरु भएको विवाद नेपाल राष्ट्र बैंक हुँदै अदालत पुग्ने भएको छ । बैंकले सहमतिअनुसार थप २०  लाख रुपियाँ दिने सहमति गरेर पनि भोलिपल्ट रकम हाउजिङ कम्पनीलाई पठाउन अस्वीकार गरेको बताउँदै शान्ता शर्माका पति दिपेन्द्र कंडेलले त्यो कुरा सरासर गैरकानुनी र गैरव्यवसायिक आचरण भएको बताए । 

Advertisement

उनका अनुसार इमाडोलमा रहेको ग्रिनहिल सिटी रेसिडेन्सीको घर किन्न कुल तीन करोड आठ लाख रुपियाँ मूल्य तय गरेपछि आफूले तत्कालै तीन लाख र केही दिनपछि एक करोड रुपियाँ उपलब्ध गराएको, त्यसपछि सेन्चुरी बैंकसमेतसँग त्रिपक्षीय करारनामा गरेपछि बैंकले एक करोड ३१ लाख रुपियाँ ऋण स्वीकृत गरी एक करोड रुपियाँ हाउजिङ कम्पनीलाई पठाएको जानकारी बैंकले दिएको थियो । 

बैंकले उक्त रकम पठाएको बताए पनि हाउजिङ कम्पनीले उक्त रकम नपाएको भनेर पत्र पठाएपछि आफूहरु झस्किएको कंडेलले बताए । हाउजिङ कम्पनीले घर निर्माणका लागि भन्दै थप रकम मागेपछि बाँकी ३१ लाख स्वीकृत ऋणमध्येबाट २० लाख रुपियाँ हाउजिङ कम्पनीलाई पठाइदिन बैंककै कर्मचारीको सुझावअनुसार इमेल पठाएको तर भोलिपल्ट बैंकका तत्कालिन प्रवन्धक दिपेन्द्र विष्टको निर्देशनमा उक्त रकम बिना कारण रोक्ने काम भएको कंडेलको भनाई छ । 

जानकारीअनुसार ग्रिनहिल सिटीकी कर्मचारी ज्योति दाहालले क्लाइन्ट (ग्राहक)बाट जम्मा तीन लाख रुपियाँ मात्रै आएकाले थप ऋण रकम नदिन आग्रह गरेपछि पठाउन लागेको रकम रोकिएको थियो । यसरी बैंकबाट ब्याज तिरेर लिएको ऋण हाउजिङ कम्पनीले एकातिर गायव पार्ने र अर्कोतर्फ कोभिड महामारीमा हाउजिङ कम्पनीले पैसा माग्दै च्यापेको बेला बैंकले पनि स्वीकृत ऋण निकासा गर्न आनाकानी गर्ने कुराले दुवै पक्षका कर्मचारीहरुबीच मिलेमतोमा चलखेल भएको पुष्टि भएको उनले बताए । कंडेलले यस प्रकरणको छानविन गर्न नेपाल राष्ट्र बैंकमा उजुरी दिँदा पनि लामो समयसम्म छानविन र दोषीलाई कारवाही नभएपछि आफू न्याय माग्न अदालत जान लागेको बताए । आफूले कसैलाई अन्याय नगर्ने र अन्याय पनि नसहने भन्दै उनले नेपाल आफू जस्ता धेरै ऋण बैंकहरुबाट प्रताडित हुनुपरेको, तर उनीहरु बाहिर नबोल्ने गरेको सुनाए । 

यता सेन्चुरी बैंकका तत्कालिन व्यवस्थापक विष्ट र ग्रिनहिल सिटीका प्रवन्ध सञ्चालक ठाकुर भट्टराईले भने कंडेलको आरोपमा सत्यता नभएको दावी गरे । विष्टले हाउजिङ कम्पनीलाई शान्ता शर्माबाट आउनुपर्ने थप रकम नआएको बताएकाले आफूहरुले थप ऋण नदिएको बताए । उनले ग्रिनहिल सिटीको जग्गामा त्यसअघि नै सिटिजन्स बैंकको ऋण भए पनि उसको स्वीकृति लिएर त्रिपक्षीय करारनामाका आधारमा ऋण उपलब्ध गराएको, जुन अरुले पनि गर्दै आएको सुनाए । 

यता ग्रिनहिल सिटीका प्रवन्ध सञ्चालक शान्ता शर्मा आफूहरुको उपभोक्ता भएकाले उनीहरुलाई दुःख दिने कुनै नियत नरहेको बताए । उनले त्रिपक्षीय करारनामा अनुसार शान्ता शर्माले ऋणको किस्ता तिर्न बन्द गरेकाले आफूहरुले नै अब बैंकको ऋण तिर्ने र घरको विषयमा सञ्चालक समितिले आवश्यक निर्णय गर्ने बताए । बैंकले सहमतिअनुसार थप २० लाख रुपियाँ ऋण रकम निकासा गर्न नमानेपछि तिर्दै आएको किस्ता बन्द गरेर राष्ट्र बैंकमा उजुरी गरेका थिए । उनले गलत कार्यमा संलग्न बैंकका सम्वन्धित व्यवस्थापकलाई समेत कारवाही गराएर छाड्ने बताए । 

Advertisement

Advertisement