इन्भेष्टमेन्ट बैंकका सीईओको तलब सुविधा वार्षिक तीन करोडभन्दा बढि, दशैं भत्ता नै २२ लाख

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले गत आर्थिक वर्ष २०७७–७८ मा तलवभत्तासहित तीन करोड छ लाख रूपियाँ बुझेका छन् । 

उनले गत आवमा बैंकबाट तलववापत एक करोड ६० लाख ७६ हजार, भत्तावापत एक करोड सात लाख १७ हजार, दशैं भत्तावापत २२ लाख ३३ हजार, संचयकोष वापत १६ लाख आठ हजार रुपियाँ बुझेको बैंकले आगामी मंसिर १७ गतेका लागि बोलाएको वार्षिक साधारण सभाको लागि जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

बैंकले व्यवस्थापकहरूलाई पनि तलव १२ करोड ६२ लाख भत्ता ९० लाख, दशैंभत्ता एक करोड ७५ लाख संचयकोष वापत एक करोड २६ लाख रुपियाँ प्रदान गरेको छ । बैंकका ११९ जना व्यवस्थापकलाई उक्त रकम प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले यसका साथै सीईओलाई पानी, बत्ति, टेलिफोनको सुविधा, सवारी चालक, इन्धन तथा मर्मतसहितको सवारी सुविधा, वोनस ऐन अनुसारको वोनस, उपदान, जीवन बीमा, औषधि उपचार बीमा, दुर्घटना बीमा, पत्रिकाको व्यवस्था र तीन जना सुरक्षा गार्डसहितको सुविधा दिइएको पनि बैंकले जानकारी दिएको छ । 

बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ३.३८ प्रतिशत नगद लाभांश र १२.६१ प्रतिशत बोनस शेयर दिन लागेका छ । अहिले बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपियाँ छ । जगेडा कोषमा १४ अर्ब २० करोड रुपियाँ छ।

बैैंकको साधारणसभापछि चुक्ता पुँजी १८ अर्ब ५० करोड रुपियाँ पुग्ने बैंकको भनाई छ । साथैं यो बैंकले मर्जरसम्बन्धि प्रस्ताव पनि वार्षिक साधारणसभावबाट पारित गराउने जनाएको छ । यो बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने गरी सम्झौता गरेको छ ।

Advertisement

Advertisement