बैंकहरूको व्यापार: तीन दिनमै सात अर्बले कर्जा बढ्दा त्यतिनै निक्षेप घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पाँचौं महिना लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरूको व्यापारमा निक्षेप भन्दा कर्जा मात्रै बढेको छ । नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांक अनुसार मंसिर तीन दिनमै  बैंकहरूमा सात अर्बले निक्षेप घटेको छ भने सातै अर्बले कर्जा प्रवाह पनि बढेको छ ।

कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपियाँ रहेको निक्षेप संकलन मंसिर पहिलो साता आइपुग्दा सात अर्बले घटेर ४२ अर्ब २६ अर्ब रुपियाँ भएको छ । यो अवधिमा बैंकहरुको कर्जा भने सातै अर्बले बढेको छ । कात्तिक मसान्तमा ४० खर्ब ३४ अर्ब रुपियाँ कर्जा पुर्याएको बैंकहरूले मंसिर तीन दिनमै यसलाई ४० खर्ब ४१ अर्ब रुपियाँ पुर्याएको बैंकर्स संघले उपलब्ध गराएको एक तथ्यांकले देखाएको छ ।

Advertisement

बैंकसं संघको तथ्यांक अनुसार कात्तिक पहिलो साता अर्थात एक महिना अगाडि बैंकहरूमा निक्षेप ४२ खर्ब ६९ रुपियाँ थियो  । एक महिनामा यस्तो बैंक निक्षेप ४३ अर्ब रुपियाँले घटेको छ । यो अवधिमा बैंकहरूले प्रवाह गरेको कर्जा ४३ अर्ब रुपियाँले  बढेको छ ।

यो अवधिमा बैंकहरूको सीडी रेसियो पनि ९० प्रतिशत नाघेको छ । तथ्यांक अनुसार हाल वाणिज्य बैंकहरू अधिकांशको ९० प्रतिशत भन्दा बढी भएकै कारण औसत सीडी रेसियो दर बढेको हो । मंसिर पहिलो साता यस्तो सीडी रेसियो ९०.५७ प्रतिशत रहेको पनि बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

Deposit and Lending of Commercial Banks (in Billions)
Month Date Deposit   Lending 
Total Total
Aswin 2075 31/06/2075 2523 2246
Poush 2075 30/09/2075 2656 2368
Chaitra 2075 29/12/2075 2703 2420
Ashad 2076 31/03/2076 2878 2498
Ashwin 2076 30/06/2076 2973 2629
Poush 2076 29/09/2076 3060 2731
Chaitra 2076 30/12/2076 3189 2845
Ashad 2077 31/03/2077 3487 2903
Ashwin 2077 30/06/2077 3654 3035
Poush 2077 29/09/2077 3782 3244
Chaitra 2077 31/12/2077 3944 3573
Ashad 2078 31/03/2078 4201 3721
Shrawan 2078 08/04/2078 4158 3706
15/04/2078 4153 3716
22/04/2078 4140 3732
29/04/2078 4118 3755
32/04/2078 4123 3764
Bhadra 2078 4/5/2078 4117 3778
11/5/2078 4125 3797
18/5/2078 4129 3819
25/5/2078 4145 3844
31/5/2078 4171 3872
Aswin 2078 8/6/2078 4180 3903
15/06/2078 4218 3942
22/06/2078 4255 3983
31/06/2078 4269 3998
Kartik 2078 5/7/2078 4249 3998
12/7/2078 4247 4018
17/7/2078 4238 4025
26/7/2078 4223 4028
30/7/2078 4233 4034
Mangsir 2078 3/8/2078 4226 4041
     
     

Advertisement

Advertisement