दश रूपियाँले घट्यो एलआईसी नेपालको बोनस दर, खस्किएको होइनः दास

Advertisement

काठमाडौं । एलआईसी नेपालले बीमितलाई दिने बोनस दरमा अनुमानभन्दा निकै कम प्रभाव परेको दाबी गरेको छ । कम्पनीले अहिले बोनस दर व्यापकरूपमा घट्ने वातावरण सिर्जना भए पनि न्यून प्रभाव परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलपी दासले बताए । 

उनले कर्पोरेट नेपालसँग भने, ‘अहिले जीवन बीमा कम्पनीको बोनस दर घट्ने विभिन्न कारणहरू छन् । धेरै कम्पनीको बोनस दर घटने अवस्थामै छ । तर, एलआईसी नेपालको एक्चुरीले वित्तीय अवस्था विश्लेषण गर्दा बोनसमा १० रूपियाँ मात्रै घटेको अवस्था छ ।’ 

Advertisement

उनले कुल आम्दानीको २० प्रतिशत रकम फ्युचर बोनस प्रोभिजनिङ गरेकाले नाफा घटेको होइन भन्दै यसलाई बोनस खस्किएको भन्न नमिल्ने बताए । यसअघि एलआईसीको बोनस ६६ रूपियाँ कायम रहेकोमा प्रोभिजनिङपछि त्यो घटेर ५६ रुपियाँ कायम भएको दासले बताए । 

एलआईसी नेपालले बोनस कायम गर्ने जिम्मा एक्चुरीलाई हुने भएकाले उनीहरूको सुझावमा नै बोनस दर निर्धारण गर्नुपर्ने जनाएको छ । ठूला कम्पनीको बोनस दर धेरै हुँदा केही कम्पनीले बोनस निर्धारण हुनुपूर्व नै एक्चुरीसँग बढाउनको लागि लविङ गर्ने गरेको चर्चा बीमा बजारमा छ ।  

सोही विषयमा सोधिएको प्रश्नमा सीईओ दासले त्यसरी एक्चुरीसँग गरिने लविङले बीमा कम्पनी आफैलाई थप जोखिममा पार्ने बताए । अहिले बोसन दर कति राख्ने ? भन्ने कुराले नयाँ र पूराना दुवै कम्पनीलाई समस्यामा पारेको छ ।

बोनस नटाउने पक्षमा नेशनल लाइफ
यता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भने बोनस दर नघटाउने जनाएको छ । उक्त कम्पनीले फ्युचर बोनस प्रोभिजनिङ गर्दा बोनसमा ठूलो फेरबल आउनसक्ने भन्दै अर्को पटक प्रोभिजनिङ गर्ने जनाएको छ । 

प्रोभिजनिङ पाँच वर्षका लागि गर्नुपर्छ । साथै, उक्त प्रोभिजनिङबाट कम्पनीले आफ्नै सुरक्षा बढाउने काम गर्ने बीमा समितिको भनाई छ ।  

नेपाल लाइफको बोनस कति होला ?
नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता लामो समयदेखि बोनस दर घटाउन लागेको विषयलाई दिएर असन्तुस्ट छन् । नेपाल लाइफको सञ्चालक समिति र व्यवस्थापन पनि बोनस दर एक्चुरीको सल्लाहअनुसार नै कायम हुनुपर्छ भन्ने पक्षमा देखिएको छ । तर अभिकर्ता त्यो कुरामा असन्तुष्ट देखिन्नन् ।

साथै, बोनस दर नघटाउन एक्चुरीसँग लविङ हुनसक्ने कुरा विगत लामो समयदेखि हुने गरे पनि त्यस्तो कुनै संभावना नरहेको कम्पनीले स्पष्ट पारेको छ । नेपाल लाइफको बोनस दर अहिले ६६ रूपियाँ रहेको छ । अब कम्पनीको बोनस ६० रूपियाँ पुग्ने अनुमान छ । 

Advertisement

Advertisement