बीमा समितिको प्रश्न– एलआईसीको पैसा किन नदिएको ?, नेपाल पुनर्बीमाको उत्तर– पैसा भए पो दिनु

Advertisement

काठमाडौं । बीमा समितिले एलआईसी नेपाललाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी दिन नेपाल पुनर्बीमा कम्पनीलाई लिखित निर्देशन दिएको छ । आफ्नो व्यवसाय कम भएको भन्दै भुक्तानी दिन ढिलाई गर्दै आएको नेपाल पुनर्बीमालाई समितिले रकम दिन निर्देशन दिएको हो । 

नेपाल पुनर्बीमा सराकारी स्वामित्वको कम्पनी हो । एलआईसी नेपालले आफूलाई दिनुपर्ने साढे सात करोड रुपियाँ रकम नेपाल पुनर्बीमाले नदिएको भन्दै बीमा समितिको ध्यानाकर्षण गराएपछि समितिले नेपाल पुनर्बीमालाई यस्तो निर्देशन दिएको हो । समितिले यसअघि मौखिमरुपमा नेपाल पुनर्बीमाका उच्च अधिकारीलाई सुझाव दिए पनि रकम भुक्तानी नभएपछि लिखितरुपमा नै पत्र पठाएको हो । 

Advertisement

तर नेपाल पुनर्बीमाले आफ्नो व्यवसाय कम भएको भन्दै रकम दिन ढिलाई गर्दै आएको छ । उसले एलआईसीलाई रकम दिन बाँकी रहेको भने स्वीकार गरेको छ । नेपाल पुनर्बीमाले पाँच महिनाअघि नै सो रकम एलआईसी नेपाललाई बुझाउनुपर्ने थियो । 

नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले भने, ‘के तपाईंहरूले नै पैसा तिर्दिन खोज्या हो र  ? हामीले दिनुपर्छ भन्ने मलाई थाहा छ । अहिले यो विषयमा म केही बोल्दिन । पैसा भए आफै तिर्नु ।’

एलआईसी नेपालले नेपालमै पुनर्बीमा गर्नु आफूहरुका लागि बिडम्बना बनेको गुनासो गर्दै आएको छ । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न आग्रह गर्दै आएको छ 
। केही दिनअघि पैसा भुक्तानीका विषयमा कुरा गर्न नेपाल पुनर्बीमाका डीसीईओ एलआईसी नेपाल पुगेका थिए । डीसीओ आएपछि पैसा आउने आशा जागे पनि पैसा नआएको एलआईसी नेपालका सीईओ एलपी दासले बताए । 

Advertisement

Advertisement