आज (मंसिर ८)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज २०७८ साल मंसिर महिनाको ८ गते बुधबार, मंसिर कृष्णपक्षको पञ्चमी तिथि ।

मेष 
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एकपछि अर्काे गरि देखा पर्ने छन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कमजोरी आउने हुँदा मनोबलमा गिरावट आउने छ । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् । यसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराई दिने छ । शेयर बजार औसत प्रकारको हुने छ । 

Advertisement

वृष
शारीरिक शिथिलता देखा पर्ने छ । मानसिक सवलता हुने छ, आफुले सोचेको विषयमा संकल्पित व्यक्तित्व हुने छ । तर सो अनुसारको शारीरिक मजबुदी नहुने भएकाले मनोबलको अभाव हुने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले सजिलै हेप्ने छन् । पेशागत जीवनमा उचार चढाव आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, योगाभ्यास, ध्यान, जप आदी गर्नाले फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मिथुन 
व्यक्तित्वमा गिरावट आउने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था रहने छ । पेशागत जीवन औसत रहने भएता पनि आम्दानीमा भने केही बृद्धि हुन जाने छ । भाग्यको साथको अभावका कारण स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नु पर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले शान्तभावले पाइला चालेमा फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

कर्कट
बोलीको प्रभाव बढ्न पुग्ने छ तर बाणिमा कडापना पनि उत्तिकै बढ्न जाने भएकाले यसबारेमा ध्यान दिनु होला । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने धेरै कमजोरी देखा पर्न जाने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जाने छ । व्यावसायिक तथा रोजगारीमा रहेकाहरुलाई समय सकारात्मक देखिन्छ । शेयर बजार अनुकुल रहने छ ।

सिंह
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । शेयर बजार फाइदादायी हुने छ । 

कन्या
आम्दानीमा केही बृद्धि हुन जाने छ ।व्यक्तित्वमा दृढता आउने छ । तर सानो सानो विषयमा पनि कडाखाले रिस उठ्ने व्यक्तित्व हुने भएकाले यसबारेमा संयमित रहनु होला । मेहनत र पराक्रमीपनामा मन दृढ हुने भए पनि सो अनुसार शारीरिक शक्ति प्राप्त नहुँदा मेहनत र पराक्रममा असन्तुलन पैदा हुने छ । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । शेयर क्षेत्र औसत प्रकृतिको रहने छ । 

तुला
धैर्य अपनाएर पाइला चाल्नु नै उपयुक्त हुने छ । मनोबल कमजोर हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । यसको सन्तुलनका लागि नियमित रुपमा शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, जप जस्ता कार्य गर्नु भएमा लाभ मिल्ने छ । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु होला । शेयर बजार भने सकारात्मक रहने छ । 

वृश्चिक
अध्यन अध्यापनमा भने प्रगति हुने छ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनुहोला । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्ने छ । कमाई बढाउनका लागि अस्वाभाविक दबाब लिने समय नभएकाले जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्टि लिने गर्नु होला । शेयर क्षेत्र औसत हुने छ । 

धनु 
मनोबल कमजोर बन्न जाने छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था सृजना हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने हुँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहने भएकाले यसले ठुलो राहत प्रदान गर्ने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनु होला । शेयर क्षेत्रबाट भने राहत मिल्ने छ । 

मकर 
भाग्यहिनताको महशुस हुने भएकाले कार्य असफलताको क्रम देखिने छ । दुविधात्मक व्यक्तित्व बन्ने छ । व्यावसायिक तथा पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा हुने बृद्धिले केही भए पनि राहत प्रदान गर्ने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएको धनका विषयमा द्वन्द देखा पर्ने छ । शेयर क्षेत्र सकारात्मकतर्फ अघि बढ्ने छ । 

कुम्भ 
समय प्रतिकुलतर्फ उन्मुख भएको छ, संयमित रहनु होला । पारीवारिक तनाव उत्पन्न हुन जाने छ । परिवारका सदस्यहरुबीच झगडा र द्वन्द आउने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाषको वातावरण पैदा हुने छ । भाग्यको साथ नरहेकाले कार्य उद्देश्यमा विभिन्न बाधाहरुको सामना गर्नु पर्ने हुन्छ । शेयर बजारमा संयमत रहनु पर्ने छ । 

मीन
साझेदारीमा गरिएका कामले भने तनाव थप्ने छ । दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । जुनसुकै कठिन समयमा पनि संघर्ष गर्ने साहस आउने छ । जीवनसाथिको शारीरिक स्वास्थ्यमा आउने गडबढिले तनाव उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा उच्च संयमित रहनुहोला । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । आम्दानीमा चित्त बुझाउँदै अघि बढ्नु पर्ने छ । शेयर क्षेत्र औसतमा केही सकारात्मक बन्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement