कोभिडबाट मृत्यु भएका ८४ जनाको परिवारलाई कोषद्वारा १ करोड ६८ लाख भुक्तानी

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपबाट मृत्यु भएका व्यक्तिका हकवालालाई एक करोड ६८ लाख रुपियाँ भुक्तानी गरेको छ । 

कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले हकवालालाई जनही २ लाख रुपियाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ ।

Advertisement

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । 
 

Advertisement

Advertisement