गुणले सुरु गर्यो प्रादेशिक उडान, पोखराबाट अन्तरप्रदेश उडान नियमित गर्ने

काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले प्रादेशिक उडान सुरु गरेको छ । गुणले बुधबारबाट औपचारिक रूपमा अन्तरप्रदेश उडान सुरु गरेको हो । यो वायुसेवाले बुधबार पोखराबाट भरतपुरको लागि  नियमित हवाई  उडान शुरु गरेको छ । आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको उडानको पहिलो दिनमै यात्रुहररू बाट पूर्ण साथ प्राप्त भएको गुण एयरलाइन्सका प्रवक्त प्रज्वल थापाले बताए ।

गुण एयरलाइन्सले बिहिवार पनि पोखराबाट भैरहवा र शुक्रबारबाट पोखरा– नेपालगन्जको अन्तर प्रदेश उडान गर्ने भएको छ । उक्त डान नियमति रुपमा हुने पनि गुण एयरलाइन्सले जानकारी दिएको छ । गुणले सुरु गरेको यस्तो प्रादेशिक उडानबाट आन्तरिक पर्यटन प्रबर्द्धनलाई ठूलो मद्दत पुग्नुका साथै प्रमुख सहरबाट अर्को प्रमुख सहरमा पुग्न सहज हुने भएको  छ ।

गुणले आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र बेलायती  पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमान बाट उडान गर्ने क्रममा  भएको छ । यो वायुसेवाले काठमाडौबाट भरतपुर, पोखरा, तुम्लिङटार,  भैरहवा, नेपालगन्ज,  विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गर्दै आएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता थापाका अनुसार  थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरको लागि केही समयमै उडान भर्नेगरि तयारी भइरहेको छ। यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन यो वायुसेवा सधै प्रतिवद्ध भएको पनि उनले बताए । आन्तरिक हवाई बजारमा आफूहरू पनि उच्च स्तरको सेवा दिंदै उडान गरिरहेको थापाले बताए ।