भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत प्रदर्शनी, २० देखि ७० प्रतिशतसम्म छुट अफर

Advertisement

काठमाडौं । जुत्ता चप्पल मेलाको वृहत प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा जारी छ । फुटवयर म्यानुफ्याक्चरर एशोसियशन अफ नेपालले आयोजना गरेको यो प्रदर्शनी मंसिर १९ गतेसम्म सञ्चालन हुने छ । 

कोभिड १९ महामारीपछि प्रदर्शनी आयोजना भएकाले धेरै उपभोक्ताको आकर्षण देखिएको छ । प्रदर्शनीमा नाम चलेको ३० वटा कम्पनीका ६० वटा भन्दा धेरै स्टल रहेका छन् । प्रदर्शनीमा तीन हजार भन्दा धेरै मोडलका जुत्ता चप्पल पाइने भएकाले पनि उपभोक्तालाई छनौटको प्रशस्त अवसर मिलेको छ । 

Advertisement

एशोसियशनका उपाध्यक्ष तथा रन शुका प्रवन्ध सञ्चालक रुद्र न्यौपानेले मेला हरेक दिन सातदेखि आठ हजारले अवलोकन गर्ने गरेको र त्यसमध्ये करिव पाँच हजार जुत्ता चप्पल खरीद गरेको जानकारी दिए । 

उनले मेलामा हरेक कम्पनीले २० देखि ७० प्रतिशतसम्म छुट दिएका छन् । कतिपय कम्पनीले स्पोट्स शुलाई जम्मा एक हजारमा बिक्री अफर सञ्चालन गरेका छन् भने कतिपयले पाँच सय रुपियाँमा दुई जोर चप्पलको खरीदको अफर सञ्चालन गरेका छन् । 

न्यौपानेले भने, ‘नाम चलेका सबै कम्पनी यस प्रदर्शनीमा छन् । यो भन्दा धेरै विशेषता भएको, यो भन्दा धेरै अवसर भएको मेला हुनै सक्दैन् । जो उपभोक्ता आउनु भएको छ, उहाँहरु एकबाट अर्कोमा प्रचारप्रसार भइरहेको छ । मानिसहरु बढ्ने क्रम जारी छ ।’

उनका अनुसार यसअघिका यस्ता प्रदर्शनमा अवलोकनकर्ता धेरै हुने गरेकोमो अहिले भने सन्तुष्ट अवलोकनकर्ता धेरै छन् । त्यो हिसावले यस पटकको प्रदर्शनी निकै सफल भएको छ । 

एशोसियशनका निवर्तमान अध्यक्ष कृष्णकुमार फुयाँलले यो प्रदर्शनी स्वदेशी जुत्ता चप्पलहरुको भएकोले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरी विदेशीलाई विस्थापित गर्ने अवसर पनि हो भन्दै नेपालमा गुणस्तरीय र हरेक मोडलका जुत्ता चप्पल बन्न थालेपछि आयातमा कमी आउन थालेको बताए । 

Advertisement

Advertisement