‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

Advertisement

काठमाडौँ । सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो  ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ । सिजि मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’ जस्ता उतकृष्ट प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । 

बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो, जसमा भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नका साथै इनर्जी इफिसेन्ट पनि छ । साथसाथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रुपले चल्न पनि मद्दत पुर्याउँदछ ।  

Advertisement

त्यसैगरी, मेरिडिया फ्रिज, साइक्लोपेनटेनजस्ता सुविधा जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ र कम समयमै खानालाई अत्याधिक ताजगी प्रदान गराउने थप प्रविधिहरूबाट निर्मित गरिएको उत्पादन हो ।  कम्पनीले यस फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी समेत उपलब्ध गराएको छ । 

सिजि ब्राण्डले आउने दिनहरूमा ‘सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कम्पनीले जनाएको छ । प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको जनाएको छ ।

Advertisement

Advertisement