बाइडेनले ‘डेमोक्रासी समिट’ गर्ने, नेपाललाई पनि निम्तो, ताइवानलाई पनि बोलाएपछि चीन रुष्ट

Advertisement

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘डेमोक्रासी समिट’ गर्ने भन्दै नेपालसहित ११० मुलुकलाई निम्तो पठाएका छन् । उनले डिसेम्बर ९ र १० मा गर्न लागेको समितिमा ११० देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुलाई निम्तो गरेका हुन् ।

भर्चुअलरुपमा हुने समिटमा चीनले आफ्नो प्राप्त भएको दावी गर्दै आएको ताइवानलाई निम्तो दिइए पनि चीन, रुस र टर्की जस्ता देशलाई भने निम्तो दिइएको छैन् भने दक्षिण एशियामा अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई निम्तो दिइएको छैन् । ताइवानलाई निम्तो गरिएकोमा चीनले आपत्ति जनाएको छ । 

Advertisement

विशेषगरी ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच सम्वन्ध चिस्सिएको बेला बाइडेनले डेमोक्रासी समिट गर्न लागेका हुन् । यसलाई अमेरिकाले आफूनिकट देशहरुको पहिचानको सन्देश दिन खोजेको छ ।

Advertisement

Advertisement