मंसिर पहिलो साता वाणिज्य बैंकहरूको व्यापार, दैनिक सवा दुई अर्बले कर्जा बढ्यो

Advertisement

काठमाडौं । मंसिर पहिलो साता वाणिज्य बैैंकहरूकोको व्यापार दैनिक सवा दुई अर्ब रुपियाँले बढेको छ । बैंकहरूले मंसिर पहिलो साता अर्थात कात्तिक ३० पछिको ६ दिनमा पाँच अर्ब रुपियाँले निक्षेप घटे पनि कर्जा प्रवाह भने रोकिएको छैन् । यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १४ अर्ब रुपियाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ मंसिरसम्मको तथ्यांक अनुसार निक्षेप ४२ खर्ब ३३ अर्ब रुपियाँबाट घटेर ४२ खर्ब २८ अर्ब रुपियाँ रहेको छ । यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने १४ अर्ब रुपियाँले बढेको छ । कात्तिक ३० देखि मंसिर ६ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले कर्जा प्रवाह ४० खर्ब ३४ अर्ब रुपियाँबाट बढेर ४० खर्ब ४८ अर्ब रुपियाँ पुगेको छ ।

Advertisement

यो अवधिमा बैंकहरूको औसत कर्जा प्रवाह दैनिक दुई अर्ब ३३ करोड रुपियाँले बढेको देखिएको छ । यो अवधिमा निक्षेप भने झण्डै दैनिक एक अर्ब रुपियाँले नै घटेको पनि तथ्यांकमा उल्लेख छ ।

यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४७ खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह यो अवधिमा ४५ खर्ब ५८ अर्ब रुपियाँ रहेको छ ।  यो अवधिसम्ममा बैंकहरूको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । सीडी रेसियो औसतमै ९०.३१ प्रतिशत पुगेको छ भने बैंकहरूको अन्तर बैंकदर ४.९६ प्रतिशत रहेको छ ।


 

Advertisement

Advertisement