डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसनमा नयाँ कार्यसमिति, सभापतिमा पौडेल

Advertisement

काठमाडौं । डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन—नेपाल (डान)मा नयाँ कार्यसमिति चयन भएको छ । प्रजातन्त्रमा आस्था राख्ने कृषि विज्ञहरुको यस संगठनको साधारणसभाले कौशलकुमार पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

पच्चिस सदस्यीय नयाँ कार्यसमितिको उपसभापतिमा यादव पद्धयोती, द्वितीय उपसभापतिमा डा कृष्णप्रसाद तिम्सिना, महासचिवमा मनिता थापा, सचिवमा डा. चन्द्र ढकाल र रोशन अधिकारी, कोषाध्यक्षमा सोमाकुमारी राना चयन भएका छन् । 

Advertisement

त्यस्तैm कार्यसमिति सदस्यहरुमा सुदीप दाहाल, रामहरि तिमिल्सिना, डा. अमित तिमिल्सिना, डा. सरोज चौधरी, सन्तोष खनाल, सरोज रेग्मी, प्रदेश संयोजकको रुपमा प्रदेश नं. १ बाट डा. संजय यादव, प्रदेश नं. २ बाट डा शिबनाथ महतो, बाग्मतीबाट झलकनाथ कंडेल, गण्डकीबाट कुलप्रसाद तिवारी, लुम्बिनीबाट नवराज भण्डारी, कर्णालीबाट रविन धिताल र सूदुरपश्चिमबाट गोविन्दराज जोशी निर्विरोध निर्वाचित भएका छन् । 

यो संस्था विशेषतः कृषि विज्ञान, पशु विज्ञान, खाद्य प्रविधि र ग्रामिण विकाससँग सम्बन्धित अध्ययन, अनुसन्धान, अभ्यास र अनुभवमा आधारित प्राज्ञिक तथा नीतिगत बहस गर्ने पोलिसि थिंक टयांकको रुपमा कार्यरत छ । 

अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्र राष्‍ट्रिय सुरक्षा, सार्वभौमिकता र संप्रभुतासँग समेत जोडिएको भन्दै संस्थाले यस अर्थमा कृषि विकासका बहुआयामिक अवयवहरुको विश्‍लेषण गर्दै विद्यमान भूराजनीतिक परिवेस, प्राकृतिक प्रकोप, बढ्दो जलवायू परिवर्तनका चुनौती र कोभिड १९ जस्ता महामारीबाट आउन सक्ने चुनौतीहरुको सामना गर्न अनुमान योग्य र तथ्यमा आधारित नीति तर्जुमामा योगदान गर्न आफूहरु क्रियाशील रहेको जनाएको छ । 

सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना सन्देश पढेर सुनाइरहेको थियो भने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँड, सो पार्टीका केन्द्रीय सदस्य गगन थापाले बोलेका थिए ।

Advertisement

Advertisement