कमिशनको बाटो खोज्दै नेवानि व्यवस्थापन, थन्किएको चिनियाँ जहाज फेरि उडाउन खोज्दै

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) व्यवस्थापन कमिशन खाने बाटो खोज्दै २० महिनादेखि थन्किएको र जहाज उडाएर लाभ नहुने निष्कर्ष निकालिएको चिनियाँ वायुयान पुनः उडाउने तयारीमा जुटेको छ । नेवानिले यो जहाज उडाएर लाभ लिन नसक्ने र निगमलाई तीन अर्ब भन्दा बढी ऋणमा डुवाएको निष्र्कसहित पाँच वटा चिनियाँ जहाज औपचारिक रूपमै १५ साउन २०७७ देखि थन्काएको छ । यी जहाज कोरोना महामारी सुरु भएपछि चैत २०७६ देखि नै उडानमा थिएनन् ।

निगम पूर्व व्यवस्थापनले जहाज भाडामा लगाउने र भाडामा नलागे बेचेरै विस्थापित गर्ने तयारी गरेको उक्त जहाज हालका कार्यकारी अध्यक्ष युवराज अधिकारी आएपछि पुनः सञ्चालनको तयारी भएको छ । अधिकारीले कर्पोरेट नेपालसँग भने ‘भाडामा नलागेसम्म यसलाई सञ्चालन गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ ।’ उनका अनुसार जहाज उसै थन्काएर राख्नु भन्दा उडाएर चुस्त दुरुस्त अवस्थामा राख्नु नै राम्रो हुने भएकोले दुई देखि तीन वटासम्म उडान गर्न सकिन्छ कि भन्ने हो ।

Advertisement

डान गर्ने नगर्ने निर्णय भइनसकेको भएपनि उडान योग्य बनाउन लाग्ने खर्च र जहाज उडाएर लिन सकिने लाभ हानीको विषयमा अध्ययन भइरहेको अधिकारीले बताए । उनका अनुसार सबै उडानमा प्रयोग नगरेपनि दुईवटालाई चाहिँ उडाउनुपर्छ भनेर सोही अनुसारको तयारी गर्न सकिन्छ कि भन्ने छ ।’ निगमका एक उच्च अधिकारीका अनुसार कार्यकारी अध्यक्ष भएर आएका अधिकारीले कमिशन खान पाइने, जहाज उडाउदा पाटपूर्जा खरिद हुने र त्यसबाट लाभ लिने तथा काम देखाउन चिनियाँ जहाज उडाउने नाटक मात्रै गर्दै छन् । अब फेरि निगमले चिनियाँ जहाज उडाउनु भनेको विनाश काले विपरित बुद्धि जस्तै भएको ति अधिकारीको छ ।

निगम उच्च स्रोतका अनुसार यस अघि चिनियाँ कम्पनीसँग जहाज मर्मत गर्न खरिद गरेको पाटपूर्जा वापतकै करिब २२ करोड रुपियाँ तिर्नुपर्ने छ । चिनियाँ जहाज उडाउन पुनः पाटपूर्जा खरिद गर्नुअघि त्यो पैसा चुक्ता गरेपछि मात्रै नयाँ पाटपूर्जा दिन्छ । त्यसका लागि फेरि खर्च बढाउने, जहाज उडाएर लाभ पनि नहुने र निगम डुबाउन तथा व्यक्तिगत स्वार्थ पूर्तिमा मात्रै काम गर्नु भएको निगम उच्च व्यस्थापनकै तर्क छ ।

यूरोपेली युनियन (ईयू)ले चिनियाँ जहाजकै कारण नेपालको हवाई उड्डयनलाई कालोसूचीमा राखेको तर्क भइरहेको छ । अहिले ईयूले कालोसूचीबाट हटाउन सकारात्मक रहेको बेला फेरि चिनियाँ जहाज उडान खोज्नुले उड्डयन सुरक्षामा पुनः प्रश्न उठाउँदै ईयूले कालोसूचीबाट नहटाउने पनि हवाई क्षेत्रका जानकार बताउँछन् ।

नेपाल वायुसेवा निगमले सात वर्ष अगाडि भित्र्याएको चिनियाँ जहाज ऋण चुक्ता नगर्दै विस्थापित भएको थियो । तीन अर्ब ऋणको किस्ता सुरु नहुँदै वायुसेवा निगमले चिनियाँ जहाज विस्थापन गर्ने भएका छ । जहाज विस्थापन गरेपनि निगमले ऋण भने तिर्नेपर्ने हुन्छ ।

निगमले ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज भित्र्याउँदा तीन अर्ब १४ करोड ऋण तिर्ने बाँकी छ । यो ऋणको पहिलो किस्ता पनि नतिरी जहाज ग्राउन्डेड गरिएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ।

अर्थ मन्त्रालयले निगमसँग भएको एमए ६० र वाई १२ ई नामकका जहाजलाई भाडामा लगाउन र भाडामा नलागेको अवस्थामा बिक्री गर्ने राय दिएको थियो । उक्त रायलाई निगमले अहिलेसम्म टुंगोमा पुर्याउन सकेको छैन् ।

वायुसेवा निगमले सात वर्ष अगाडि दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा किनेको यो जहाजको १५ वर्षे किस्ता बुझाउने समय १५ कात्तिक २०७७ अगाडि नै जहाज ग्राउण्डेड भएको थियो । जहाज खरिद गर्न जहाज बिक्रेता कम्पनीसँग भएको सहमति अनुसार पहिलो सात वर्ष किस्ता तिर्नु नपर्ने थियो । तर, जहाज किनेर सञ्चालन सुरु गरेदेखि नै घाटामा गएको भन्दै सञ्चालन नाफामा लैजान नसकेको निगमले अन्ततः जहाज विस्थापन गरेको हो ।

चिनयाँ जहाजको उडान क्षमता वाई १२ को १७ जना भएपनि यसले मुस्किलले १२ भन्दा बढी बोक्न सक्दैन भने ५६ सिट क्षमताको जहाजले पनि क्षमता भन्दा कम मात्रै बोक्न सक्ने उल्लेख छ । जहाजले मौसम र गन्तव्य अनुसार उडान क्षमता कम हुन्छ । यो जहाजले विगत ६ वर्षमा मात्रै दुई अर्ब २५ करोड ३७ लाख सञ्चालन घाटा व्यहोरेका कारण गत चैतदेखि नउडाएको हो ।

तीन अर्ब ऋणमा डुबेको जहाज कसरी हुँदैछ विस्थापित ? केमा कति गुमायो चिनियाँ जहाजले ?

चिनियाँ जहाज न भाडामा न त बिक्री नै ! नेवानिको ६ अर्ब डुब्यो

चिनियाँ जहाज भाडामा लगाउन मासिक शुल्क तय गर्दै निगम, एक साताभित्र प्रस्ताव मागिने

चिनियाँ जहाजको मासिक भाडादर टुंगिएन, मर्मतमै चीनबाट आउने मूल्यांकन पर्खदै निगम

 

Advertisement

Advertisement