कालिका लघुवित्तद्वारा १३ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बानेस शेयर प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव फणिन्द्र पाण्डेले जनाएका छन् । 

Advertisement

संस्थाको हाल कायम चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छ । 
 

Advertisement

Advertisement