साना किसान विकास लघुवित्तले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले आज २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् । 

Advertisement

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  
 

Advertisement

Advertisement