लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । एभरेष्ट बैंकको २७ औँ वार्षिक साधारण सभा पुस १ गते हुने भएको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ः३० बजे केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेश चापागाईँले जनाएको छन् । 

Advertisement

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गर्ने ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसमेत) पारित गर्नेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय समेत भएको कम्पनी सचिव चापागाईँले बताए । 
 

Advertisement

Advertisement