भुटानपछि कुवेतलाई पनि पराजित गर्दै नेपाली महिला क्रिकेट टिम शीर्ष स्थानमा

काठमाडौं। युएईमा जारी आईसीसी महिला टी–३० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हराउन सफल भएको छ । पहिलो खेलमा हङकङसँग पराजित भए पनि यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो । 

युएईलाई रनरेटमा पछि पार्दै नेपाल शीर्ष स्थानमा उक्लेको छ । हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनामा आशा मारिए पनि लगातारको दुई जितसँगै शीर्ष स्थानमा पुगेपछि आशा पलाएको छ । 

आजको खेलमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको जितमा अविजित रहँदै इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । सीता राना मगर शुन्य रनमा आउट भइन् ।

कुवेतका लागि एक मात्र विकेट मारिया जस्वीले लिएकी थिइन् । कुवेत १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो। कुवेतलाई अलआउट गर्न नेपालकी संगीता राईले ३ विकेट, रुबिना क्षेत्री र करुणा भण्डारीले २–२ तथा सरस्वती कुमारी चौधरीले १ विकेट लिए ।