रायमाझीको बोल्ने शैली ठिक भएन्, यस्तै हो भने नेपाल पुनर्बीमाको व्यवसाय बढ्दैन्ः सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले पुनर्बीमा व्यवसाय बढाउनका लागि सर्वप्रथम पुनर्बीमा कम्पनीहरु आफै गम्भीर हुनुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पुनर्बीमा व्यवसाय बढाउन गाह्रो रहेको बताउँदै त्यसका लागि पुनर्बीमा कम्पनीको आन्तरिक तयारी पनि बलियो हुनुपर्ने बताए । 

Advertisement

सिलवाल भने, ‘अहिले हामीले हेर्ने हो भने पुनर्बीमा कम्पनीले व्यवसाय बढाउन त्यति धेरै केन्द्रित भएको पाउँदैनौ । कम्पनीले नै आफ्नो व्यवसाय बढाउछु भनेर लागि पर्नुपर्छ । नेपाल रि (नेपाल पुनर्बीमा कम्पनी)को त सीईओकै बोली अल्ली रूस्ट छ । शंकर रायमाझीले बोली अल्ली सुधार्नुपर्छ ।’ 

पुनर्बीमा जस्तो कम्पनीमा आवद्ध जिम्मेवार व्यक्तिले कसरी प्रस्तुत हुनुपर्छ ? भन्ने सामान्य कुरामा पनि निकै ख्याल राख्नु पर्ने सिलवालको तर्क छ । उनले पुनर्बीमाको लागि भन्दै धेरै रकम विदेशिने भएकाले सबैभन्दा पहिला त्यस्तो रकम रोक्न आवश्यक रहेको बताए । 

पुनर्बीमाका लागि नेपालबाट रकम पठाउने मात्रै होइन ल्याउन पनि सक्नुपर्छ भन्दै सिलवालले त्यसका लागि पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रियस्तरमा पुनर्बीमा व्यवसाय कसरी भइरहेको छ ? भन्ने कुराको जानकारी लिनुपर्ने बताए । 

समितिले एक्सन लिने
व्यवसाय बढाउन पुनर्बीमा कम्पनी आफैलाई पनि केही दबाब हुने भएकाले तत्काल सो विषयमा समितिले केही पनि ताकेता नगर्ने सिलवालले बताएका छन् । तर, सधैभरी पुनर्बीमा कम्पनीले आफ्नो व्यवसायलाई गुमाउदै जाने हो भने समिति चुपचाप नबस्ने बताउँदै त्यस बेलामा आवश्यक एक्सन लिने बताए । 

पुनर्बीमाले निम्त्याएको चुनौती
पुनर्बीमा कम्पनीहरुलाई मुख्य चुनौति कसरी आफ्नो व्यवसाय बढाउने ? भन्ने छ । हाल १८ अर्ब रूपियाँ पुनर्बीमाको नाममा विदेशिरहेको बेलामा धेरै फुर्ती देखाएर ठूला कुरा कसैले पनि गर्न नहुने बताउँदै सिलवालले नेपालमा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिनुको एउटा उद्देश्य पुनर्बीमाको नाममा विदेशिएको ठूलो रकम रोकियोस भन्ने पनि हो भने । 

उनले एउटा पुनर्बीमा कम्पनीले राम्रो काम गर्न नसके विकल्पमा प्रतिस्पर्धा गर्न अर्को पुनर्बीमा कम्पनी पनि आईसकेको भन्दै दुवै कम्पनीले प्रतिस्पर्धा गरेर विदेशिने रकम रोक्न लाग्नुपर्ने बताए । बरु सक्दो धेरै विदेशबाट रकम भित्राउन उनीहरुले पहल गर्नुपर्ने सिलवालको सुझाव छ । 

उनी थप्छन्, ‘आफै सञ्चालक हुने, आफै व्यवसाय दिने, आफै लगानीकर्ता हुने प्रवृत्ति हावी छ । यसले वास्तविक बीमा बजारको छवी धमिल्याएको छ । यस्तो हुनुहुँदैन । एकाधिकार जस्तो भएरै व्यवसायमा धेरै समस्या आईरहेको छ ।’ उनले नेपालमा पुनर्बीमा व्यवसाय बढाउन कुनै समस्या भए त्यो समस्या फुकाउन समिति तयार रहेको बताए । 

Advertisement

Advertisement