नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चियो, यस्तो रह्यो साताको शेयर बजार

Advertisement

काठमाडौँ । विहीबार शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार साताको अन्तिम दिन आज बजार ३.२२ अंकले घटेको हो । ०.१२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३१.७८ अंकमा ओर्लिएको छ ।

आज २३३ कम्पनीका ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

समग्रमा बजार घटे पनि बैंकिङ, होटल र अन्य समूह क्रमशः ९.७७, २५.६६ र १९.५१ अंकले घटेको छ । बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५६.८४ अंकले घटेको हो । 

आज समृद्धि फाइनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.२७ प्रतिशतले नाफा कमाएका छन् भने मानुषी लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी ६.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज पनि नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७ सय ३६.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ११.६० अंकले बजार घट्दा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रुपियाँ, सोमबार भने ७.९० प्रतिशतले बजार बढ्दा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रुपियाँ, मंगलबार ३२.३१ अंकले बजार घट्दा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रुपियाँ र हिजो बुधबार १.८२ अंकले बजार बढ्दा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ बराबरको कारोबार भएको थियो ।  
 
 

Advertisement

Advertisement