माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था गरेको छ । बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाईल लकरको उद्घाटन गरेका हुन् ।

Advertisement

बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुको लागि मध्यनजर गर्दै उक्त व्यवस्था गरेको हो । यससँगै अब दरबार संग्रहालय घुम्न जाने आगन्तुकहरुले आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्ने छन् ।

Advertisement

Advertisement