बीमा कम्पनीको डीडीएका लागि २० वटा चार्टर्ड एकाउन्टेन्ट फर्मका प्राविधिक मूल्याङ्कन सदर

Advertisement

काठमाडौं । डीडीए सेवाका लागि बीमा समितिले प्रस्तावक २० वटा चार्टर्ड एकाउण्टेन्ट फर्मको प्राविधिक मूल्यांकन सदर गरेको छ । ती फर्महरूले कूल सयमा ९५ प्रतिशतसम्म अंक पाएका छन् ।

आर्थिक वर्ष २०७८–७९ बाट डीडीए गर्न बीमा समितिले आर्थिक प्रस्ताव आह्वान गरेको थियो । समितिले टेक्निकल्ली सदर भएका २० वटा फर्मको प्रस्ताव आगामी मंसिर १५ गते खोल्ने जानकारी दिएको छ ।

Advertisement

हाल सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल लाइफ, एलआईसी, सूर्या लाइफ र युनियन लाइफ गरी कूल आठ वटा कम्पनीको डीडीए हुने भएको हो ।

Advertisement

Advertisement