नेपाल-युएई बिजनेस काउन्सिल गठन, अध्यक्षमा पाण्डे

Advertisement

काठमाडौं । नेपाल–युएई बिजनेस काउन्सिल गठन भएको छ । 

नेपाल औषधी उत्पादक संघका अध्यक्ष  प्रज्जवलजङ पाण्डेको अध्यक्षतामा नेपालय ुएई बिजनेस काउन्सिल गठन गरिएको हो । काउन्सिलको बरिष्ठ उपाध्यक्षमा बश्रुधिन अन्सारी, प्रथम उपाध्यक्षमा डा. राजेन्द्र केसी, द्वितीय उपाध्यक्षमा सुबोधकुमार गुप्ता, तृतिय उपाध्यक्षमा रघुनाथ पुरी र महासचिवमा मनोज गोयल रहेका छन् । त्यसैगरी सचिवमा प्रकाश न्यौपाने,सदस्यहरुमा पुरुषोत्तम न्यौपाने, अजयसिंह कार्की र देवेन्द्र गिरी रहेको काउन्सिलले जनाएको छ ।

Advertisement

बरिष्ठ उपाध्यक्ष अन्सारी निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष हुन् भने उपाध्यक्ष डा. केसि साउथ वेष्टर्न शिक्षा समूहका संस्थापक हुन् । द्वितीय उपाध्यक्ष गुप्ता विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । तृतिय उपाध्यक्ष रघुनाथ पुरी रिभर ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् । त्यसैगरी महासचिव गोयल मारुती सिमेन्ट र बुटवल सिमेन्टका कार्यकारी निर्देशक र सचिव प्रकाश न्यौपाने एक्सप्लोर बाइ टेक्नोलोजिका अध्यक्ष हुन्  । सदस्यहरुमा न्यौपाने युएचएस होल्डिङका संस्थापक हुन् भने कार्की प्रसिद गु्रप अफ कम्पनिजका अध्यक्ष हुन् । गिरी मनाङ होटलका अध्यक्ष हुन् ।

काउन्सिलका संरक्षकमा सिईओ क्लव ग्लोबल नेपाल चेप्टरका अध्यक्ष डा शम्भु पोखरेलले हुन् । काउन्सिलको प्रमुख संरक्षकमा नेपाल स्थित युएई राजदुत साईद हमदान अलनक्वीर रहेको जनाइएको छ । 
 

Advertisement

Advertisement