समितिको निर्देशनपछि बीमा व्यवसाय क्षेत्रमा तरङ्ग, अब कम्पनीहरु के गर्लान् ?

Advertisement

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरूलाई पुनर्बीमासँग सम्बन्धित निर्देशन दिएको छ । सो निर्देशनमा बीमा कम्पनीहरूले नेपालमा नै पुनर्बीमा गर्नुपर्ने बताईएको छ । 

साथै, नेपाली बीमा कम्पनीले विदेशी बीमा कम्पनीसँग पुनर्बीमा गर्न चाहेमा स्वदेशमा रहेका पुनर्बीमा कम्पनीले अस्विकार गरेको प्रमाण समेत पेश गर्नुपर्ने भएको छ । अहिले बीमा कम्पनीले आफ्नो कूल व्यवसायको २० प्रतिशत हिस्सा मात्रै नेपाली पुनर्बीमाका लागि छुट्याउँदै आएका छन् । सो व्यवस्था भने यथावत नै हुने भएको छ ।

Advertisement

२० प्रतिशत हिस्सा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरूलाई प्रदान गरिने भएको हो । स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्विकार गरेको अंशको पुनर्बीमाका लागि पुनर्बीमा निर्देशिका-२०७८ मा उल्लेख भएअनुसार योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्ने पाइने भएको हो । 

साथै, विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नको लागि समितिसँग पुनर्बीमा सटही सिफारिस मागगर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था समितिले ल्याएको छ । 

बीमा समितिको पछिल्लो निर्देशनले बीमा व्यवसायको क्षेत्रमा तरङ्ग ल्याएको छ । यो निर्देशनले पछिल्लो समय लाइसेन्स पाएको ‘हिमालयन रि’ लाई फाइदा पुर्याउने देखिन्छ । बीमा कम्पनीहरुलाई नियामक निकायले यसरी बाध्यकारी बनाउने खालेको निर्देशन दिएबाट कम्पनीहरुले व्यवसायिक स्वतन्त्रता गुमेको गुनासो गरेका छन् । 

Advertisement

Advertisement