‘मारुती सिमेन्टको गुणस्तरमा शंका गर्नु पर्दैैन, ढुक्कले प्रयोग गर्दा हुन्छ’: उद्योग

Advertisement

काठमाडौँ । मारुती सिमेन्ट उद्योग व्यवस्थापनले आफूहरुको उत्पादनमा कुनै शंका नगर्न ग्राहक तथा उपभोक्ताहरुलाई अपिल गरेको छ । 

उद्योगले आज विज्ञप्ति प्रकाशित गरी मारुती सिमेन्ट आधुनिक प्रविधिबाट गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने निजी क्षेत्रकै पहिलो उद्योग भएकाले ढुक्कसँग मारुती सिमेन्ट प्रयोगलाई निरन्तता दिनेमा विश्वस्त रहेको जनाएको छ । 

Advertisement

‘हामी हाम्रो उत्पादनको गुणस्तर चुस्त–दुरुस्त कायम राख्न सदैव चनाखो र प्रतिबद्ध छौँ । हाम्रो उत्पादनको गुणस्तर सुनिश्चितताका लागि हामीले आफैँ समय समयमा विस्तृत परीक्षण तथा विश्लेषण गर्ने गर्दछौँ र यो कार्य अहिले पनि निरन्तर गर्दै आइरहेकोमा विश्वास दिलाउन चाहन्छौँ ।’–विज्ञप्तिमा उल्लेख छ ।   


 

Advertisement

Advertisement