आज (मंसिर १२)को राशिफलः कस्तो रहला तपाईंको आजको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल मंसिर महिनाको १२ गते आइतबार, मंसिर कृष्णपक्षको नवमी तिथि ।

मेष 
भाग्यको बलियो साथ रहेकाले चतु¥याईमा हुने बृद्धिले आत्माबल बलियो बनाउने छ । परिवारको पूर्ण साथ मिल्ने छ । सर सापटीका विषयमा गम्भीर बन्नु पर्ने समय छ । पेशागत जीवनमा विभिन्न खाले उल्झन र समस्याहरु देखा पर्ने छन् । साझेदारीका काममा साझेदारका बीच कडा मिजासको स्वाभाव देखा पर्ने भएकाले एक अर्काको विचारमा शान्तिपूर्वक सुन्ने र ध्यान दिँदा उपयुक्त हुने छ । शेयर क्षेत्र फलदायी रहने छ । 

Advertisement

वृष 
समय अलि प्रतिकुल रहेकाले धैर्यताको आवश्यकता छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका बोससँग सम्बन्धमा कटुता आउने योग रहेकाले सतर्क भएर अघि बढ्दा उपयुक्त हुने छ । मनमा निरन्तर दुविधाले सताउने छ । सुखमा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद तथा कटुता बढ्न पुग्ने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वासमा कमि आउन जाने छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
रिस अत्याधिक कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई हानि पुर्याउने भएकाले सतर्क रहनु होला । महत्वाकांक्षि ब्यक्तित्व हुने छ । जीवन साथिको सथ लिएर अघि बढ्नु भएमा परिस्थिति अनुकुल बन्न पुग्ने छ । पेशागत जीवन सकारात्मक नै देखिएता पनि भाग्यको साथ कम रहनाले पेशा तथा ब्यावसायमा विभिन्न खाले कठिनाईहरुको सामना गर्नु पर्ने छ । राजनीतिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्र फलदायी रहने छ । 

कर्कट
अरुको विश्वास आर्जन गर्न सकिने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा बढोत्तरी हुने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक बन्ने छन् । मनमा दुविधा अत्याधिक बढ्ने भएकाले मन नियन्त्रण गर्न नसके अरुको विश्वास गुम्न पुग्ने छ । चिसोले सताउने भएकाले पानी र पानीजन्य विषयमा सतर्क रहनु होला । शेयर क्षेत्र शुभ रहने छ । 

सिंह
अनुशासित जीवन पद्धति हुने छ । बोलीको प्रभाव बढ्ने छ । आत्माबलले भरिएको नेतृत्वदायी ब्यक्तित्व हुने छ, जसले गर्दा राजनीति, प्रशासन तथा निजामति क्षेत्रमा सफलता मिल्ने छ । ब्यवस्थापकीय क्षमतामा अभिवृद्ध हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । धन धान्य र पैतृक सम्पत्तिको अनुकुलता बढ्ने छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

कन्या
बाणिको प्रभावले आफूप्रति अरुको ध्यानाकर्षण गर्न सकिने भएता पनि रिस कडा हुने हुँदा रिसले विषयलाई बिगार्ने भएकाले सतर्कता आवश्यक छ । आकर्षक ब्यक्तित्व हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य आर्जन हुने अवस्था छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् । भाग्यको साथ रहेकाले पेशागत जीवनमा देखिने अवरोधहरु सामना गर्ने र आफू अनुकुल बन्दै जाने छन् । शेयर क्षेत्र औसत रहने छ । 

तुला 
आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो छ, जसले गर्दा दृढ खालको ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल नै देखिन्छ । राजनीति, प्रशासन, निजामति, ठेक्कापट्टा आदी क्षेत्रमा संलग्नहरुलाई थप जिम्मेबारी प्राप्त हुने छ । कामको कदर हुने छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् । आर्थिक लेनदेनमा चुक्ने खतरा देखिएकाले सतर्क रहनु नै वेश हुने छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

वृश्चिक
टाउको झुम्म भइरहने समस्याले पिरोल्ने छ । शरीरमा कमजोरीको महशुस हुने भएकाले काममा जाँगर कम हुन पुग्ने छ । जीवनसाथिको साथसहित काम गर्नु भएमा फाइदा मिल्ने छ । साझेदारीका कामहरुले सन्तोष प्रदान गर्ने छन् । नेतृत्व क्षमतामा कमि आउने भएकाले प्राप्त जिम्मेबारी धैर्यतापूर्वक निर्वहन गर्न तर्फ ध्यान दिनु होला । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जरी आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ अघि बढ्नु पर्ने समय छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

धनु 
भाग्यको साथले गर्दा कठिनाईहरुसँग जुध्ने ब्यक्तित्व निर्माण हुने छ । मनोबल उच्च रहने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता र द्वन्द चर्किन पुग्ने छ । ब्यवस्थापकीय क्षमतामा कमि आउने छ । पेशागत जीवनमा समय औसत रहेको छ । शेयर क्षेत्र औसत रहने छ ।

मकर 
मेहनति र पराक्रमी स्वाभाव कायम रहने छ । आम्दानीमा बृद्धि हुने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा अनुमान नगरिएका अबरोधहरु आउन जाने छन् । परिवारको साथका कारण ब्यक्तित्वमा कदर हुन पुग्ने छ । साझेदारीमा भरोसा गरि अघि बढेमा राजनीतिक लाभ प्राप्त हुने छ । सवारीसाधन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही अनुकुल बन्न पुग्ने छ । धेरै चुनौतिले भरिएका काम थाल्ने समय रहेको छैन् । शेयर क्षेत्र शुभ रहने छ । 

कुम्भ 
भाग्यहिनताको अभाष हुने भएकाले मनमा दृढताको कमि हुन जाने छ । मनमा अत्याधिक दुबिधा बढ्ने भएकाल निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता बढ्न पुग्ने छ, नेतृत्व कसले लिने भन्ने विषयमा द्वन्द देखा पर्ने छ । जीवनसाथिको आड भरोसामा मेहनत र पराक्रमीपना कायम रहने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा कठिनाईहरु उत्पन्न हुने छन् । शेयर क्षेत्र शुभ रहने छ । 

मीन
आम्दानीमा सोचे जस्तो नहुने भएकाले चित्त बुझाउँदै अघि बढ्नु पर्ने समय छ । व्यक्तित्व भने दृढ खालको हुने छ । यससँगै आवश्यकता भन्दा कडा र रिसाहापन पनि बृद्धि हुने भएकाले यसलार्य नियन्त्रण गर्न नसक्दा आफैलाई हानि पु¥याउने भएकाले त्यसतर्फ ध्यान दिनु होला । पारीवारिक जीवनमा मधुरता उत्पन्न हुने छ, जसले प्रतिकुलतासँग जुध्न तागत दिने छ । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement