राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको प्रमुख  कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान भएको छ । लामो समयदेखि रिक्त रहदै आएको कम्पनीको सो पदकालागि दरखास्त आह्वान भएको हो ।

बीमा कम्पनीको आवेदकको उमेर हद पनि तोकिएको छ । आवेदकको उमेर हद ६५ वर्ष ननाघेको हुुनुपर्नेछ । आवेदन आजैबाट दिन सकिने छ । आवेदन दिनकालागि दुई हप्ता तोकिएको  छ । 

Advertisement

यस्तो हुनुपर्छ आवेदको योग्यता

व्यवस्थापन वा चार्टर्ड एकाउन्टेन्सी, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा गणित, व्यापार प्रशासन वा कानुन व्यवसायमा स्नातक उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्षको अनुभव भएका व्यक्तिले दरखास्त दिन मिल्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्नातक उत्तीर्ण भएका आवेदकले बैंक वा वित्तीय क्षेत्रमा १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हाँसिल गरेको हुनुपर्नेछ । आवेदकले पाँच हजार शब्दको कार्य योजना पेश गर्नुपर्ने छ । त्यस्तै हाल सेवामा रहेका कर्मचारीले भने सम्बन्धित निकायको विभागीय स्विकृत समेत प्राप्त गरेको हुनुपर्नेछ । 

 
 

Advertisement

Advertisement