महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा जनचेतना सम्बन्धी ‘युवासँग – महालक्ष्मी लाईफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ । युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । 

यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न भएको छ । मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्रराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएको कार्यक्रममा अतिति गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भयो । कार्यक्रमको संचालन महालक्ष्मी लाईफका गुलरिया प्रमुख खुमेश सुवेदीले गरेका थिए । 

Advertisement

त्यसैगरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा ‘युवासँग– महालक्ष्मी लाईफ’कार्यक्रम सम्पन्न भयो । क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको महत्व बारेमा क्याम्पस उप प्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सिता चौधरीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन महालक्ष्मी लाईफको राजापुर कार्यालय प्रमुख सन्नी कडायतले गरेकी थिइन् । 

वीरगञ्जको बीपीसी कलेजमा पनि मंसिर ८ गते बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको छ। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएको कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश पारेका थिए । 

त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा ‘युवासँग–महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भयो । एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायस्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए । महालक्ष्मी लाईफका नायव प्रमुख कार्यकारी अधिकृत  रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रमको संचालन सदिक्षा गुरुङ्गले गरेकी थिइन् । 

Advertisement

Advertisement