बैंकहरूले घरजग्गामा १६ अर्ब लगानी बढाए, जग्गा खरिद गर्नमै दिए ३१ अर्ब

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भएपनि बैंकहरूले घरजग्गामा गरेको लगानी भने १६ अर्ब दुई करोड ३४ लाख रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले घरजग्गामा गरेको यस्तो लगानी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नै ८.७ प्रतिशतले बढेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गामा गरेको यस्तो लगानी यस्तो लगानी एक खर्ब ९९ अर्ब ६४ करोड रुपियाँ छ । यस्तो लगानी गत वर्षको पहिलो त्रैमासमा कोभिड महामारीले गर्दा दुई प्रतिशतले घटेको थियो ।

Advertisement

गत वर्षको पहिलो त्रैमासमा तीन अर्ब ३६ करोड रुपियाँले घरजग्गामा बैंकको लगानी घटेको भएपनि चालू आवमा भने बढेको देखिएको छ । यसले घरजग्गामा सुधार भएको ग्राहक लक्षित बैंकहरूको आकर्षक योजना तथा नेपालीको बढेको आयस्रोतसहितको कारणले  घरजग्गामा लगानी बढाइरहेको देखिएको छ ।

तथ्यांक अनुसार बैंकबाट सबैभन्दा बढी लिने कर्जा भनेको जग्गा खरिद र प्लटिङमा हुने गरको छ । यस्तो कार्यका लागि बैंकहरूबाट लिएको ऋण २४ प्रतिशतले बढेको छ । बैंकहरूले जग्गा खरिद र प्लटिङमा गरेको यस्तो लगानी चालू आवको पहिलो त्रैमासम्ममा ३१ अर्ब रुपियाँ रहेको छ । यस्तो लगानी गत वर्षको समीक्षा अवधिको तुलनामा २४.५ प्रतिशतले बढेको देखिएको छ ।

बैंकहरूले गरेको  व्यापारिक प्रयोजनका महल तथा आवासिय अपार्टमेन्ट निर्माणमा दिएको ऋण २० प्रतिशतले बढेको छ । बैंकले यस्तो प्रयोजनमा गरेको लगानी २२ अर्ब ९२ करोड रुपियाँ रहेको छ । यस्तो लगानी चालू आवको तीन महिनामा नै तीन अर्ब ९१ करोडले बढेको पनि तथ्यांकले देखाएको छ । 

घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरूको लगानी अवस्था


 

Advertisement

Advertisement