राष्ट्रिय बीमा कम्पनीमा खुला प्रतिष्पर्धाबाट सीईओ नियुक्त हुँदै, ‘ठूलो 'गेम' जित्यौँ’- उपाध्याय

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गर्न पाउँदा ठूलो गेम जिते जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका छन् । उपाध्यायले सञ्चालक समितिको चाहना खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ती आउनुपर्छ भन्ने रहेको र त्यसले पूर्णता पाएको बताएका हुन् ।

अध्यक्ष उपाध्यायले कर्पोरेट नेपालसँग भने, ‘हामीले त लामो समयदेखि नै कम्पनीलाई योग्य व्यक्ती चाहियो भन्दै आएका थियौं । तर, यसमा अर्थ मन्त्रालयले नै आँलटाल गर्दै आएको थियो । अहिले हाम्रो चाहना पूरा भएको छ । मलाई त बल्ल रिलिफ महशुस भएको छ ।’ उनले अब कम्पनीको अवस्था परिवर्तन हुने र बीमा कम्पनी निकै माथि जाने सम्भावना रहेको बताएका हुन् । हालसम्म बीमा कम्पनीको सीईओ अर्थमन्त्रालयको सिफारिसमा सिधै नियुक्त गरिंदै आएको थियो । तर, कम्पनी आफै भने त्यस्तो प्रकृयाको विरोधमा थियो ।

Advertisement

यसअघि पनि अर्थमन्त्रालयले सह-सचिव एवम् तथ्यांकशास्त्री डा. डिल्लीराज अर्याललाई काजमा खटाएको थियो । तर, उपयुक्त व्यक्ती कम्पनीमा नआउँदा छोटो सयमकालागि आएका अर्यालले कम्पनीमा लामो सयम बिताए । बीमा कम्पनीले लामो समयदेखि साधारण सभा सम्पन्न गर्न सकेको छैन । सोही कारण पनि कम्पनी माथि बेलाबेलामा बीमा समितिले प्रश्न सोध्दै आएको छ । बीमा कम्पनीले शेयरधनीलाई दिने भनेको लाभांशमा पनि समितिले रोक लगाउँदै आएको छ ।

दोस्रो बजारमा बीमा कम्पनीको शेयर भाउँ सबैभन्दा महङ्गो छ । सरकारी लगानीको कम्पनी हुनु र साधारण सभा पश्चात पनि राम्रै प्रतिफल आउन सक्ने आशका कारण यस कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहेको आँकलन गरिदै आएको छ । 

बीमा कम्पनीले लामो समयदेखि सीईओ नियुक्तीको प्रकृया हेरफेर हुनुपर्ने बताउँदै आएको थियो । अहिले कम्पनीले आफूहरूले लामो समयदेखि जे गर्न खोजेको त्यो पाएको बताएको छ ।बीमा कम्पनीका अध्यक्षले उपाध्यक्ष उपाध्याय भन्छन्, ‘दरखास्त आह्वान रोक्ने काम हामीले गरेको होइन । लकडाउनको समयदेखि नै हामीले यही माग राख्दै आएका थियौ । बीमा समिति र अर्थ मन्त्रालयले नै लकडाउनलाई कारण देखाउँदै केही समय पर्खनुस् भन्दै आएका थिए । तर, ढिलै भए पनि हामीले चाहेको कुरा पाएका छौं । हामीले लामो समयदेखि गर्न खोजेको चाही यही हो ।’

उपाध्याय स्मरण गर्छन्, ‘कहिले यताबाट अल्झाउने कहिले उताबाट अल्झाउने काम चलिरह्यो । मन्त्रालयले हुन्छ भन्दा सचिवले अल्झाए, सचिवले हुन्छ भन्दा मन्त्रालयले नै अल्झायो । अर्थ मन्त्रालय र बीमा समितिले नै अल्झाए । तर, जे भए पनि अब खुला प्रतिस्पर्धाबार्ट सीईओ आउँने भएको छ, यसमा हामी एकदम खुशी छौं ।’ 

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

Advertisement

Advertisement